सिडिओहरूलाई गृहमन्त्रीको फोन : शान्ति सुरक्षा कस्तो छ ?

 

 

 

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन्।

उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन्।  गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका हुन्।

फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधका थिए।

उनले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव .सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गरेका हुन्।

त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गरेका थिए।

कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताए। पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले फोन गर्दा काम गर्ने हौसला मिलेको उल्लेख गरे।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते

खुलातर्फ केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

काठमाडौं,१० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।चितवनमा आइतबारदेखि

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि