गीतकार संघ अमेरिकालाई अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको मान्यता

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको यो आधिकारिक घोषणा नेपाली गीत–साहित्यमा एक ऐतिहासिक मोड हो ।

अमेरिका, १७ बैशाख /  नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्न स्थापना गरिएको आप्रवासी नेपाली गीतकार संघ अमेरिका अब “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ” (आइएनएलए) का रूपमा आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । संस्थाले २०२५ अप्रिल २८ देखि नयाँ स्वरूपमा अघि बढ्ने घोषणा गरेको छ ।

 

 

सन् २०२३ मा अमेरिकामा स्थापना गरिएको संघले प्रारम्भमा प्रवासी नेपाली गीतकारहरूलाई लक्षित गरे पनि, अहिले विश्वभर फैलिएका सर्जकहरूलाई समेट्दै अन्तर्राष्ट्रिय कार्यक्षेत्र बनाउने निर्णय लिएको हो ।

 

 

संघले गीत लेखन प्रशिक्षण कार्यक्रम, करिब ५२ जना गीतकारहरूको संयुक्त गीति संग्रह “नेपाली मूल प्रतिको फूल”, र आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सो सम्मान पहिलोपटक वरिष्ठ गीतकार नीर शाहलाई प्रदान गरिएको थियो ।

 

 

संघले आफ्नो पहिलो साधारणसभामा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थालाई सुदृढ बनाउने रणनीति अघि सारेको संस्थाका संस्थापक अध्यक्ष हरि उप्रेतिले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ “नेपाली भाषा र साहित्य हाम्रो मौलिक पहिचान हो, जुन नागरिकता होइन, आत्मासँग गाँसिएको अमूल्य सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धन हरेक नेपालीभाषीको कर्तव्य हो ।” उहाँले विश्वभर रहेका नेपाली सर्जकहरूलाई एकै थलोमा आबद्ध भई भाषिक र सांस्कृतिक एकताको सशक्त अभियानमा सहभागी हुन आग्रह समेत गर्नुभएको छ ।

 

अध्यक्ष, हरि उप्रेती, उपाध्यक्ष, शेखर ढुंगेल, महासचिव, रण खड्का, मिडिया प्रवक्ता, अर्जुन प्रधानले संयुक्त रुपमा विज्ञप्तिमा हस्ताक्षर गर्नुृभएको छ । विज्ञप्तिबाट स्पष्ट भनिएको छ— अब विश्वभर रहेका नेपाली गीतकारहरूको साझा संस्था बनाउँदै भाषा–साहित्यको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा अग्रसर हुनेछ ।

 

 

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको यो आधिकारिक घोषणा नेपाली गीत–साहित्यमा एक ऐतिहासिक मोड हो । यो अभियानले नेपाली भाषाको विश्वव्यापी सशक्तीकरणमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही