बैशाख २६ मा प्रदर्शन हुँदै

आइबीको ‘जार’ माथि बहस, ‘चलचित्रले कथालाई न्याय देओस्‌’

‘जार’ लाई भेटेमा काटेर मार्ने प्रचलनलाई हटाउने सन्देशमा समाज सुधारको पाटोबाट कथाकार राईले प्रस्तुत गरेको गहन भाव ।

दमक, २० बैशाख / भारतमा रहेर नेपाली भाषा साहित्यक्षको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने स्व.इन्द्रबहादुर राईको कथा ‘जार’ माथि शनिबार दमकमा बहस गरिएको छ ।

 

मन परेकी अर्काकी श्रीमती भगाएर लाने व्यक्ति ‘जार’ मानिने गरेको घटना उल्लेख गरेर लेखिएको कथामाथि हाल चलचित्र निर्माण भएको सन्दर्भ समेत जोडेर बहस गरिएको छ । सो चलचित्र बैशाख २६ बाट प्रदर्शनमा आउने भएको छ ।

 

 

वि.स.१८ सयको समयताका नेपाली समाजमा बढी मात्रामा हुने गरेको ‘जार’ बनेर क्षतिपूर्ति स्वरुप ‘जारी’ तिर्ने घटना उल्लेख गरेको कथालाई चलचित्रमा ढालिएको छ । ‘जार’ लाई भेटेमा काटेर मार्ने प्रचलनलाई हटाउने सन्देशमा समाज सुधारको पाटोबाट कथाकार राईले प्रस्तुत गरेको गहन भाव रहेको बुझाईको बहसमा साहित्यकार कृष्ण बराल, हाङयुग अज्ञात, सीमा आभास सहभागि बन्नु भयो । उहाँहरुले चलचित्रले ‘जार’ कथाको मर्मलाई हुबहु पर्दामा उतारेर सोही भावको न्याय प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । बहसमै सहभागि जार चलचित्रकी संगीतकार एवम् गायिका झुमा लिम्बूले चलचित्रले कथालाई न्याय दिने भरमग्दुर प्रयास गरिएको जनाउनु भयो ।

 

कदम थिएटरमा राखिएको बहसमा साहित्यकार बरालले साहित्यकार राईसँगको साहित्यिक भेटघाट र भलाकुसारीका सन्दर्भका बारेमा चर्चा गर्नुभयो । कदम थिएटरका सुमन लिंदेनको सहजीकरण रहेको बसहका क्रममा दमकका पुराना साहित्यकार प्रकाश बुढाथोकीका साथै सुन्दर कुरुप, सिजन दाहालले स्व. राईका सन्दर्भमा संक्षिप्त बोल्नु भयो ।

 

२२५ वर्ष पुरानो विषयलाई चलचित्रले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ ।

 

 

‘जार’ले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ । चलचित्र ‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ । कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन् । अर्थात आफ्‌नी श्रीमती आफूसँग भन्दा जारसँग खुसी भएपछि सहजरुपमा श्रीमती उतै जिम्मा दिन तयार भएको कथाको मर्म रहेको छ ।

 

 

फेरि टेल पिक्चर्सले निर्माण गरेको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहनु भएको छ । चलचित्रमा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

 

 

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय