निःशुल्क सिलाई कटाई तालिमको प्रभाव

‘अब काम गर्न जान्ने भयौं, हामीलाई मेसिन दिनुहोस्‌’

दमक, २२ बैशाख / महिलाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउने लक्ष्य राखिएको हुन्छ । तर तालिमपछि प्रशिक्षार्थीलाई आवश्यक पर्ने बीउ पुँजी, मेसिन वा उपकरणको अभावले भने ती प्रशिक्षार्थीले सिकेको सीप बालुवामा पानी हाले बराबर हुने गरेको छ । दमकमा रहेका लक्षित वर्गका महिलाहरुलाई पनि दमक नगरपालिका वडा नम्बर ६ ले निःशुल्क सिलाई बुनाईको तालिम दियो । तर तालिमले मात्रै नहुने भएपछि उनीहरुले त्यस सम्बन्धिका मेसिनहरुको समेत माग राखेका छन् ।

 

सिलाई बुनाईका लागि महिलाहरु सिपालु बनेर काम निकाल्न सक्छन् । सीप सिके भने घरमै बसेर पनि गरिखान सक्छन् । थोरै पैसाका लागि परिवारका अन्य सदस्यसँग भर परिरहनु नपरोस भनेर ६ नम्बर वडाले निःशुल्क सिलाई बुनाईको तालिम दियो । सुरुमा केही जानकारी नभएको अवस्थामा तालिममा सहभागी मनिसा खड्काले निःशुल्क तालिम लिएपछि अहिले कपडा काट्न, नाप्न र सिलाउन समेत जान्ने हुनु भएको छ ।
यस्तै, प्रीतिकुमारी ठाकुरले पनि सिलाई तालिम लिनु भयो । जान्नु पनि भयो र उहाँलाई विश्वास छ यो सीपको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्छु भन्ने । तर त्यसका लागि मेसिन उपलब्ध गराइदिन उहाँले माग गर्नु भएको छ ।

 

तीन महिनाको अवधिमा १८ वटा आईटमको सिलाई कटाई सम्बन्धीको सीप सिकाएको बताउँदै तालिमकी प्रशिक्षक सरस्वती भट्टराई भन्नु हुन्छ ‘यो आधारभूत तहको मात्रै तालिम हो । उहाँहरुलाई रोजगार वा स्वरोजगारमा बन्न अझै एड्भान्स तालिमको पनि आवश्यक पर्छ र मेसिनको पनि आवश्यक पर्छ । ’

 

 

वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले यसखालका तालिमहरु सञ्चालन गरिरहिएको बताउनु भयो । ‘आत्मनिर्भर बन्न र बनाउन वडाले थप के गर्नु पर्छ त्यो सबै सहयोग र सहकार्य गर्न तयार रहेको छौं । तर सीपको सदुपयोग गर्नुहोस् ।’– उहाँले भन्नुभयो ।

 

सीप सिकाएर यत्तिकै छोड्ने परिपाटी । सीप सिकेकाहरुलाई अव के गर्ने भन्ने प्रतिवद्धता गराउँदै सहयोग गर्ने काम नभएका कारण भने यसखाले तालिम बालुवामा पानी हाले बराबर हुने गरेका छन् । त्यसैले लगानी गर्ने संस्था, तालिम दिने निकायले निगरानी गर्दै आवश्यक मेसिनरी सामान उपलब्ध गराउने तथा तालिमका प्रशिक्षार्थीले पनि यसको भरपुर सदुपयोग गरे मात्रै परिणाममुखी बन्न सक्ने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय