पथरी शनिश्चरे आइडल

सिंगिङ तथा डान्सिङ आइडलमा ६२ जना सहभागि

पथरी, २६ बैशाख / मोरङको पथरी शनिश्चरेमा पहिलो पटक आजबाट पथरी शनिश्चरे नगरस्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ सुरू भएको छ ।

 

 

 

 

२०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा गायन र नृत्यको आइडल सुरू भएको हो । समितिका अध्यक्ष धनराज राई अमीरले चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणको खुला अडिसन बैशाख २६ गते हसन्दह बजारमा भएको प्रतियोगितामा नृत्यमा ५० जना र गायनमा १२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सङीत संयोजक अर्जुन सेन्चुरी र नृत्य संयोजक राम बिकले प्रतियोगिताको संयोजन गर्नु भएको थियो । पहिलो चरण अन्तर्गत २७ गते पथरी बहुमुखी क्याम्पसमा अर्को अडिसन हुनेछ  । उहाँले नगर बाहिर बस्ने नगरवासीका लागि भनें भर्चुअल अडिसन समेत गरिने उल्लेख गर्नुभयो ।

 

 

 

 

दोस्रो चरणको छनोट कार्यक्रम जेठ ३ गते पथरी बहुमुखी क्याम्पसमा हुनेछ, जसबाट उत्कृष्ठ २०/२० जनाको छनोट गरिने छ । तेस्रो चरण जेठ १० गते एभरेष्ट बोर्डिङमा सञ्चालन गरी उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा हुने तय भएको छ ।

 

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय