मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्न सक्ने

 

 

 

काठमाडौं : मन्त्रिपरिषदको बैठक बस्दै छ। आज अपरान्ह तीन बजे मन्त्रिपरिषद् नियमित बैठक बस्ने छ।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने जनाइएकाे छ। यस अघि बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक पनि प्रधानमन्त्री देउवाले रोकेका थिए।

गत माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा  निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए। आयोगले  जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ।

आयोगसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगले सिफारिस अनुसार नै मन्त्रिपरिषदको आगामी बैठकमा मिति तोक्ने भन्दै आवश्यक तयारी थाल्न आयोगलाई निर्देशन दिइसकेको छन्। आयोगले पनि सोही अनुरुप काम अघि बढाइसकेको छ।

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबनन्धनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनावलगायतका विषयमा छलफल गरका थिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न