उभौली पर्व

चन्द्रमा पार्कमा साकेलाको रौनक

दमक, १८ जेठ / पछिल्लो समय संस्कृति जगेर्ना गर्नमा विभिन्न जातजातिहरु सक्रिय छन् । त्यही संस्कृति जगेर्नामा ध्यान दिदैँ झापाको दमक नगरपालिका वडा नम्बर ९ स्थित चन्द्रमा पार्कमा उभौली पर्वका रुपमा राई जातिको साकेला पर्व धुमधामका साथ मनाइएको छ ।

 

किरात राई यायोक्खा वडा कार्य समिति दमकं ९ र ५ को संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा विभिन्न स्थानबाट आएका समूहले आफनो नृत्य प्रर्दशन गरेका थिए ।

 

साकेला पर्वमा सहभागि स्थानीय कुमारी राईले भने अरु बेला दुःख गरी पर्व मनाउन टाढा टाढा धाउनु परेको तर अहिले आफनै स्थानमा साकेला मनाउँदा पाउँदा निकै सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

 

त्यस्तै, साकेला उभौली पर्व कार्यक्रमका अध्यक्ष सुनिल राईले पर्व मनाएर संस्कृति संरक्षणका खातिर कार्यक्रममा उपस्थित भई साथ र सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो ।

 

आधुनिकताको छायाँमा पनि परम्पराको उज्यालो मर्न नदिने र संस्कृतिलाई जोगाउँदै लैजाने प्रयासमा किरात राई समुदायको यो उत्सव एउटा सशक्त उदाहरण बन्दै गएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय