संघर्षको उपलब्धि

पथरी शनिश्चरेकी तुम्खेवालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान हुने

दमक, १९ असार / नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले मोरङको पथरी शनिश्चरे क्षेत्रबाट उदाएर विगत ३० वर्षदेखि नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा सक्रिय विमला तुम्खेवालाई कोशी ‘प्रादेशिक प्रतिभा पुरस्कार २०८१’ ले पुरस्कृत गर्ने भएको छ ।

 

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष, वर्तमान सल्लाहकार, नेपाली लेखक संघको केन्द्रीय उपाध्यक्षलगायतका संघसंस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहनु भएकी तुम्खेवालाई नगद ५० हजारसहितको पुरस्कार प्रदान गरिने भएको हो ।
मन्त्रालयले साहित्य विधामा एक जनालाई राष्ट्रिय प्रतिभा पुरस्कार र प्रत्येक प्रदेशबाट एक एक जनालाई प्रादेशिक पुरस्कार प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

तुम्खेवा ०५० को दशकको सुरुवातबाट पथरीबाट संघर्षपूर्ण रुपमा साहित्य र पत्रकारिता सुरु गर्दै आफूलाई राष्ट्रियस्तरको प्रतिभाका रुपमा स्थापित गर्दै राष्ट्रियस्तरका विभिन्न पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ । उहाँ साहित्यनै सबैथोक ठानेर लगातार त्यसैमा समर्पित बन्दै आउनु भएको सर्जकमा गनिनुहुन्छ । हाल काठमाडौंमा रहनु भएकी उहाँको प्रमुख साहित्यिक विधा कविता हो ।

 

रामेछापका अमृत योञ्जन तामाङलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने समेत उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष