साहित्य

लोकार्पण भयो दाहालको ‘स्वप्न महल’

अग्निहोत्रको नाभिबाट उठेको हो ‘स्वप्न महल’

दमक, ३२ असार / झापाको दमकका पुराना साहित्यकार एवम् प्राध्यापक भूमिप्रसाद दाहाल ‘जिज्ञासु’को पहिलो कृतिका रुपमा कविता संग्रह ‘स्वप्न महल’को मंगलबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

 

दमक क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख एवम् प्राच्य विज्ञान अनुसन्धान केन्द्रका संस्थापक मोहन भण्डारीले कृतिले जीवन र जगतप्रतिको वेथिती विरुद्धको विद्रोह बोलेको बताउनु भयो ।

 

दमक बहुमुखी क्याम्पसमा प्राध्यापनरत दाहालका लागि सो क्याम्पसको नेपाली र अंग्रेजी विभागको आयोजनामा मानविकी तथा शिक्षा शास्त्र संकायका विद्यार्थीका लागि कृति लोकार्पणको समीक्षा अवलोकन कार्यक्रमका रुपमा समेत त्यसलाई लिइएको थियो । सो अवसरमा साहित्यकार एवम् प्राध्यापक बास्कोटा धनञ्जय र शिव रेग्मी प्रणतले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘स्वप्न महल’ मा सरल शैलीमा नविन प्रयोगका कविताहरु रहेको उल्लेख गर्नुभयो । बास्कोटा भन्नुहुन्छ ‘अग्निहोत्रको नाभिबाट उठेको हो ‘स्वप्न महल’।’

क्याम्पसको नेपाली विभागका प्राध्यापक प्रविण कार्कीको अध्यक्षताको कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, कृतिकार दाहालका भाई अमेरिकन फिजिकल सोसाइटीका डा. हरिप्रसाद दाहालसहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । अमेरिकामा जन्मे हुर्केकी कृष्टिना दाहालले नेपाली मायाको गीत प्रस्तुत गर्नुभयो । बुबा जीवनाथ दाहाल र आमा खगमाया दाहाललाई सम्मुखमा राखेर आशिर्वाद मान्दै संयोजन गरिएको लोकार्पण कार्यक्रममा दमक ९ निवासी कृतिकार दाहालले आफ्‌नो कृतिको एउटा कविता वाचन गर्नुभएको थियो । स्थानीय साहित्यकार तथा आफन्तजनको उत्साह रहेको कार्यक्रममा दमक क्याम्पसका विद्यार्थीहरुको समेत चासोपूर्ण उपस्थिति रहेको थियो ।

५९ पृष्ठमा ४१ कविता समेटिएको सो कृतिको प्रकाशक प्रतिभा निकेतन रहेको छ । उहाँको उपन्यास र समालोचना कृति पनि प्रकाशनको संघारमा छन् । शास्त्री, एमए (नेपाली) गर्नुभएका दाहाल विद्यावारिधीको अध्ययनरत हुनुहुन्छ । दमक क्याम्पसमा प्राध्यापनरत उहाँ जीवन स्मृति प्रतिष्ठानको अध्यक्ष र प्रतिभा निकेतनको सदस्य रहनु भएको छ ।

 

उनकै संगतले म परिवर्तन भएँछु,
रिंगटा लाग्छ, संगत घुमाउनेसंगै भएछ
सत्य कुराको साक्षी बन्न पनि डर लाग्छ ,
म रिंगटाको बिरामी भएँछु । (कविता ‘रिंगटा’ बाट

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डीएनए नमुना संकलन पछि पहिचान नखुलेका शव अस्थायी रूपमा गाडियो

काठमाडौं ,१६ भदौ । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष

टेबुल नगरिएको भन्दै सदन अवरुद्ध

सुर्खेत,१६ भदौ। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गर्नुभयो । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गराउनु भएको हो ।

बाढीबाट हालसम्म १,००३ जनाको मानवीय क्षति, ३,९१६ जना सम्पर्कविहीन

काठमाडौं ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ ।

नवलपरासीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको

बाढी प्रभावितका लागि सभामुखले एक महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं ,१६ भदौ। सभामुख डोल प्रसाद डीपी अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको