ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्कासन हुने

 

 

काठमाडौं– ग्रीन भेन्चर्सको आईपीओ आजदेखि निष्कासन हुने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशतले हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आईपीओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नेछ।

आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपालिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आईपीओमा आवेदन दिन पाउनेछन्।क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउनेछन्।

निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ। आईपीओमा लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

तोकिएको अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी रहेको सेयरसहित सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरिसके पछि सर्वसाधारणलाई पनि ३१ करोड २५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु