प्रचण्ड र माधव नेपाल सहमत हुनुहुन्छ, संसदमा एमसीसी भोलि टेबल हुनसक्छ : कानुनमन्त्री

 

काठमाडौं प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी सम्झौता टेबल हुन सक्ने भएको छ। संसदको भोलिको बैठकमा सो सम्झौता टेबल गर्न सकिने कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्। यस विषयमा संसदमा बहस भए कम्तीमा बाहिरका अनावश्यक बहस सकिने उनको तर्क छ।

मंगलबार बानेश्वरमा जारी नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै उनले भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल हुनसक्ने बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सो सम्झौता टेबल गर्न सहमत रहेको उनको भनाइ थियो। ‘उहाँहरुको सबैको सहमति खोजौं भन्ने चाहना छ,’ उनले भने।

नेकपा एमालेले भने सरकारको कदममा साथ नदिने संकेत गरेको छ। एमालेले आफूले कारबाही गरेका १४ सांसद र सभामुख हटाउनुपर्ने शर्त राखेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यूयोर्कमा नेपाल–भुटान भेटवार्तातर्फ ध्यान, शरणार्थी र राजनीतिक बन्दीका मुद्दामा संवादको अपेक्षा

तेस्रो मुलुक पुनर्वासपछि पनि समस्या पूर्ण रूपमा अन्त्य भएको छैन। नेपालमा अझै रहेका केही शरणार्थी स्वदेश फर्कन चाहिरहेका छन्

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी