दमकमा प्रथम प्रादेशिक अधिबेशनको निर्वाचन सम्पन्न

दमक , २४ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः राजेन्द्र भट्टराई निर्वाचित हुनु भएको छ। दमक निवासी भट्टराई यसअघि महासघको तदर्थ समितिका अध्यक्षको जिम्मेवारी सम्हालनु भएको थियो ।

 

महासंघको दमकमा सम्पन्न प्रथम प्रादेशिक अधिबेशनको निर्वाचन कार्यक्रमबाट भट्टराईको अध्यक्षतामा २४ सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित समितिको उपाध्यक्षमा भिष्मबहादुर गुरुङ, महिला उपाध्यक्षमा सीता खत्री, सचिवमा टेकनाथ घिमिरे , सहसचिवमा मोहनकुमार विष्ट चयन भएको निर्वाचन समितिका संयोजक लेखनाथ सेढाईले जानकारी दिनु भयो ।

महासंघको कार्यसमिति सदस्यहरुमा प्रजापतिदेवी विश्वास,हरिवहादुर केसी, बासुदेव गुरागाई,राधाकृष्ण बराल, गंगाप्रसाद चापागाई, भगीरथ शर्मा सुवेदी, दिपक पोख्रेल, मानेश्वर मेहता,भावना अर्याल, पदमबहादुर महत, टेकबहादुर बस्नेत, प्रेमकुमार आङदेम्बे निर्विरोध निर्वाचित हुनु भएको छ ।

 

यस्तै, सदस्यहरुमा किशोर न्यौपाने, रेनुकुमारी बरुवाल,सृजना भट्टराई,रमेशकुमार अधिकारी, तेजराज तिम्सीना, काजीमान सिंह भण्डारी, सजित राई र गोपाल प्रसाई चयन भएको संयोजक सेढाईले जनकारी दिनु भएको छ ।

अधिबेशनको विहिबार कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्नु भएको थियो । दमकस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित अधिबेशनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट महासंघको प्रतिनिधित्व गरि सय बढी प्रतिनिधि,पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक