भारत सम्बन्धी अभिव्यक्ति

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै निरन्तर आलोचना गर्दै आएका छन् । विपक्षी दलले उक्त अभिव्यक्ति सच्याउँदै माफी माग्न निरन्तर माग गर्दै आए पनि बालेनले सुनुवाइ गर्नु भएको छैन।यस्तो स्थितिमा बालेन सरकारकै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतमा दिएको आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिनु भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमतको सरकारका प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको आकस्मिक प्रश्नोत्तरका क्रममा ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिनु भएको थियो।

 

बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक र लिम्पियाधुराको सीमा विवादबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको थियो। तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भन्नु भएको थियो ।प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि मात्रै नेपालले भारतको सीमा मिचेको विषय थाहा पाएको बताउनु भएको थियो। ‘यो कुरा मलाई अस्ति भर्खर थाहा भयो । हामीले मिचेका छौँ, उहाँहरूले मिच्नुभएको छ । बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौँ,’ उहाँले भन्नु भएको थियो । जेठ १७ गते प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै जेठ २७ गतेसम्म सदन अवरुद्ध गरेका थिए । त्यसपछि उनीहरूले भदौ १ गतेसम्म सदन सुरु हुनेबित्तिकै उठेर उक्त अभिव्यक्तिबारे आफ्ना धारणा राख्ने र सदन चल्न दिने गरेका थिए ।

 

यसरी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर ७८ दिनसम्म विरोध जारी रहयो। बैठक सुरु हुनासाथ उठेर विरोध गर्ने र प्रधानमन्त्री शाहलाई उक्त अभिव्यक्ति सच्याउन निर्देशन दिन सभामुख डोलप्रसाद अर्यालबाट सरकारका नाममा रुलिङको माग गर्ने विपक्षीको दिनचर्या बनेको थियो । भदौ १ गतेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले विपक्षीको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री शाहलाई प्रश्नोत्तरमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गर्नु भएको थियो ।‘प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ । यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भन्नु भएको थियो । त्यसपछि सभामुखले विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्रीलाई रुलिङ गरिसकेको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो। त्यसपछि विपक्षी दलका सांसदहरूले विरोध रोकेपनि प्रश्न उठाउन छाडेका छैनन् ।

 

तर, प्रधानमन्त्री शाहले उक्त प्रश्नको जवाफ हालसम्म दिनु भएको छैन। उहाँको अभिव्यक्तिबारे स्पष्टीकरण दिन भदौ १० गतेको समय पनि तोकिएको थियो । त्यही दिन भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि बैठकमा जवाफ दिने कार्यक्रम रोकिएको थियो । त्यसपछि प्रधानमन्त्रीले जवाफ नदिँदै प्रतिनिधिसभाको बर्खे अधिवेशन स्थगित भएको थियो । प्रधानमन्त्रीको अभिव्यक्ति माथिको विवाद समाधान नभइरहेका बेला अर्थमन्त्री डा. वाग्ले पनि भारतमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिनु भएको छ। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा कात्तिक ६ गते बोल्दै अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युग अन्त्य भएको बताउनु भएको थियो ।नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै उहाँले नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताउनु भएको थियो।

 

विगतमा दशकौँसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उहाँको भनाइ थियो ।‘हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ वाग्लेले भन्नु भएको थियो, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’ अर्थमन्त्री वाग्लेको उक्त भनाइको पनि विरोध भइरहेको छ । प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेका अभिव्यक्ति नेपालको राष्ट्रियता र सीमा विवादका संवेदनशीलतालाई बेवास्ता गर्दै भारतलाई खुसी पार्ने उद्देश्यले आएको भन्दै आलोचना भइरहेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो नियन्त्रणमा, चालक फरार

विराटनगर,१० कार्तीक । आवश्यक कागजातबिना सञ्चालन भइरहेको करिब २० लाख रुपैयाँ बराबरको एक भारतीय स्कार्पियो गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि चालक भने

झापामा असोज महिनामै विपदबाट १० करोड बढीको क्षति

झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण

झापामा ३ लाख बढीको अवैध पटका बरामद गरी नष्ट

झापा ,१० कार्तीक। चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याउन खोजिएका रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट

विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पछि अर्थमन्त्री पनि विवादमा

काठमाडौँ,१० कार्तीक । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले राष्ट्रियता विरोधी अभिव्यक्ति भन्दै

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक