नसर्ने तर घातक रोगको परीक्षण

दमकमा प्रभावकारी बन्दै केएचडीसी कार्यक्रम

के एच डि सी कार्यक्रमले मिर्गौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोगीहरुको अवस्था मात्रै पत्ता लगाइरहेको छैन । समयमा उपचार पाउने कुरामा सजगता गराउँदै यसबाट हुन सक्ने जोखीमहरुको न्यूनिकरण गर्न पनि महत्वपूर्ण योगदान गरिरहेको छ ।

दमक, २६ साउन । पछिल्लो समय सर्ने रोग भन्दा  नसर्ने रोग दीर्घ रोगका बिरामीहरु बढी देखा पर्न थालेका छन् । यसखाले रोग ढिलो पत्ता लाग्ने भएकाले प्राय जसोले अन्तिम चरणमा मात्र रोग बारे थाहा पाउने गर्छन् । जसका कारण यसखाले रोगबाट संक्रमित बिरामीहरुले ज्यान गुमाउनु पर्छ । तर, यो रोगहरुका बारेमा समयमै पत्ता लगाउन सकियो भने समयमै उपचार पनि सम्भब हुन्छ । यस्ता खाले दिर्घ र नसर्ने तर घातक रोगहरुको बारेमा समयमै उपचार सम्भब होस् भनी दमक नगरपालिकामा के.एच.डि.सी नामक कार्यक्रम निरन्तर चलिरहेको छ ।

मिर्गौला रोग , उच्च रक्तचाप, मधुमेह र मुटु रोगजस्ता दीर्घ रोगका बिरामीहरुले आफ्‌नो रोगको बारेमा थाहा पाउन र समयमै उपचार पनि पाउन भन्ने उद्धेश्यले दमकका १० वटै वडामा केएचडिसि कार्यक्रम चलीरहेको छ । यस्ता रोग भएका बिरामीहरुलाई निशुल्क चेकजाँच गर्नुको साथै आवश्यक परेमा अरु अस्पतालमा पठाई निशुल्क उपचार पनि दिईने गरिन्छ । पछिल्लो समय सर्नेभन्दा बढी नसर्ने रोग लागेका बिरामीहरुको संख्या बढी रहेको बताउनुहुन्छ आधारभुत स्वास्थ्य केन्द्र दमक ७ का प्रमुख नगेन्द्र भट्टराई । उहाँका अनुसार यो कार्यक्रम सञ्चालन गर्नुको मूल उद्धेश्य भनेको गाउँगाउँमा यस्ता रोग लागेकाहरुको तथ्यांक निकाली उनीहरुलाई निशुल्क परिक्षण गरि थप उपचार चहिएमा त्यो पनि निशुल्क गर्नु हो । यो कार्यक्रम अब निरन्तर चलिरहने छ र दमक वडा नं ७ मात्र नभई पूरै दमक नगरपलिकामा यो कार्यक्रम चल्ने छ ।

नेपालको हालको तथ्यांक अनुसार मृत्यु हुने मानिसहरु मध्ये अधिकांश मानिसहरु दीर्घकालिन रोगका सिकार भएको देखिन्छ । त्यही कारण दीर्घकालीन रोगको समयमै पत्ता लगाउन सकियोस् भनेर यसरी के एच डि सी कार्यक्रम सञ्चालन गरेको  बिपी कोईराला विज्ञान प्रतिस्ठानका प्राध्यापक साथै मुटु तथा मिर्गौला रोगका विशेषज्ञ डा संजिवकुमार शर्मा  बताउनुहुन्छ।

के एच डि सी कार्यक्रमले मिर्गौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोगीहरुको अवस्था मात्रै पत्ता लगाइरहेको छैन । समयमा उपचार पाउने कुरामा सजगता गराउँदै यसबाट हुन सक्ने जोखीमहरुको न्यूनिकरण गर्न पनि महत्वपूर्ण योगदान गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

काठमान्डौ,१० भदौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिनुभएको छ । बुधबारको बैठकमा

भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्क विहीन

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल

दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न लामिछानेको आह्वान

काठमान्डौ,१० भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन

आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय

१९ पुल र ४० किमी सडक क्षतिग्रस्त, यातायात ठप्प

काठमाडौँ,१० भदौ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र