माओवादी केन्द्रको तयारी

दमकमा माओवादी एक्लै भएपनि मेयर र ५ वटा वडामा जीत निकाल्ने छौ : अध्यक्ष बस्नेत

दमक/
नेकपा माओवादी केन्द्रका दमक नगर कमिटीका अध्यक्ष रबि बस्नेत । जसले २०५९ साल देखी विद्यार्थीबाट राजनिती गर्न सिके । सुरुमा विद्यार्थीको संगठनमा सहयोगी बनेर काम गर्नु भएका बस्नेत अहिले माओवादीको यूवा जगतमा एउटा आईडल बन्नु भएको छ । पार्टिको जनवर्गिय संघठनमा बसेर काम गरिरहनु भएका बस्नेतलाइ एकाएक दमक नगर कमिटीको अध्यक्ष बनाइयो ।

उहालाई यहि पटक पार्टिले यो सम्मको जिम्मेवारी दिन्छ भन्ने दश मनमा एक मन पनि थिएन । पार्टिको अधिबेसनपछि नेतृत्व परिवर्तनमा निकै चुनौती सामना गरियो । नगर इन्चार्ज बेदु गौतम र पार्टिका नगर सचिव तिर्थराज बस्नेत शंकर दुवैजनाले अध्यक्ष बन्ने चाह व्यक्त गर्नु भयो । गौतमले शंकरलाई र शंकरले गौतलमलाई नेतृत्व नदिने परिस्थती बन्यो । दुवैजनाको हठका कारण बिकल्पमा पर्नुभयो बस्नेत ।

केटाकेटि हो दुवैजनाले भनेको टेरिहाल्नछन् भनेर अध्यक्ष बनाइएका बस्नेत अहिले निकै सकृय भएर पार्टिमा लागी पर्नुभएको छ । यसभन्दा अघिका नेतृत्वलाई चुनौती नै दिने तरिकाले योजनावद्धरुपमा काम गर्न थालीसक्नु भएको छ । उहाँले पहिचान र समृद्धिकालागि पार्टि सुद्धिकरण अभियाननै चलाएर अहिले टोल टोलमा पुगीरहनु भएको छ ।

पहिचान, विकास र समृद्धिमा नयाँ क्रान्तिको गान, सुदृढ र जनमैत्री माओवादी केन्द्र हामीसबैको सान भन्ने नारा सहित अभियानको थालनी बस्नेतले गर्नु भएको छ ।

यो कार्यकाल निकै चुनौती छ बस्नेतलाई । किनकी बैशाख ३० मा स्थानीय तहको निर्वाचन आउँदै छ । त्यसलगत्तै प्रदेश र केन्द्रको निर्वाचन हुने छ । यी दुवै निर्वाचनमा आफ्ना प्रतिनिधीलाई सहभागी मात्र हैन बिजयी गराउनु पर्ने महत्वपूणर् जिम्मेवारी उहाँसँग छ ।

स्थानीयतहको निर्वाचनमा गठबन्धन कायमै रह्यो र माओवादीले मेयरको उम्मेद्वार पाउने भयो भने रेवतराज पुरी ‘गगन’लाई उठाएर अघि बढ्ने योजनामा उहाँ हुनुहुन्छ । त्यसपछि गठबन्धनका अन्य निणर्य र उम्मेद्वारलाई भरपूर सहयोग गर्न तयार भएको उहाँले बताउनु भयो ।

यदि गठबन्धन भएन भने मेयरमा गगन पुरीलाई नै अघी बढाएर र अन्य ५ वटा वडामा जसरी पनि जीत निकाल्ने गरिको तयारीमा आफुहरु लागेका छौ । उज्यालो खवरसँगको कुराकानीमा बस्नेत भन्नु हुन्छ ‘यस भन्दा अघीको निर्वाचनमा हाम्रो संघठनको संरचना कमजोर थियो । कमजोर धरातलबाट जबरजस्ती हामी उठेका थियौ । तरपनि आम नागरिकले सम्मानजनक मत दिनुभयो ।

त्यो हाम्रो ठुलो उपलब्धी हो । यो पटकको निर्वाचनमा त्यो उपलब्धीलाई कायम राख्दै संघठानीक संरचना बलियो बनाएका छौ ।’ मेयर र केहि वडामा जसरी भएपनि जीत हासिँल गर्ने नै छौ । ’ दावि गर्दै बस्नेत भन्नु हुन्छ ‘ यसकालागि साम दाम दण्ड भेद केके लगाउनु पर्ने हो त्यो सबै शक्ति लगाएर भएपनि दमकको मुहार फेर्न हामी माओवादीकै स्थानीय सरकार बनाउने छौ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय