घटना

सहचालकले गरे सहचालक कै हत्या

 

 

 

विराटनगर : सार्वजनिक सवारी साधनमा सहचालकको काम गर्दै आएका मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भट्टराईको हत्यामा संलग्न भएको आरोपमा केराबारी–३ रामपुरका ३५ वर्षीय कमल लिम्बूलाई प्रहरीले पक्रेको हो। भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे। उनको हत्यामा संलग्न लिम्बू पनि केराबारी–रामपुर चल्ने अर्को बसका सहचालक रहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अनुसार मादक पदार्थ सेवन(मापसे) गरिरहेका बेला विवाद उत्पन्न भएपछि रडले हानेर लिम्बूले भट्टराईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि लिम्बू एक्लैले १ घण्टा परको जंगलमा लगेर शव रुखको जराभित्र लुकाएको खुलेको छ। ‘घटनास्थलबाट काँधमा बोकेर एक घण्टा पर पुर्याउँदै शवलाई रुखको जराभित्र लुकाएर लिम्बू आफ्नो घर फर्किएको पाइयो,’ डीएसपी मुकारुङले भने, ‘बाटोमा दुई ठाउँ बिसाएर लुकाउने ठाउँसम्म शव पुर्याएको खुलेको छ।’

लिम्बूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाउने भएको छ। प्रहरीका अनुसार मापसे गर्ने क्रममा सामान्य विवाद हुँदा लिम्बूले रड प्रहार गर्दा भट्टराई घटनास्थलमै ढलेका थिए। अहिलेसम्मको अनुसन्धानबाट हत्या उनी एक्लैले गरेको खुलेको मुकारुङको भनाइ छ। प्रहरीले भने हत्यामा अरुको पनि संलग्नता रहेको हुनसक्ने आशंका गर्दै अनुसन्धानको दायरा थप फराकिलो पारिएको जनाएको छ।

घरबाट मच्छिन्द्र मेला जान भनेर निस्किएका भट्टराईको शव १२ दिनपछि गत माघ ९ गते चारकोसे जंगलमा ढलेको रुखको जराभित्र भेटिएको थियो। पुस २३ गतेदेखि २९ गतेसम्म लागेको भेला भर्न भनेर उनी घरबाट हिँडेका थिए।

घरबाट मेला हिँडेका भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए। उनको शव कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको थियो। आफन्त र परिवारका सदस्यले हत्या गरेर शव लुकाइएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका थिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न