बार नाघेर विमानस्थलको पार्किङसम्म

पासपोर्ट र टिकटविनै एक व्यक्ति विमान चढ्न पुगे…

काठमाडौं । गत सोमबार (९ फागुन) राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास उभिए । शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग बोर्डिङपास मागे । तर, न उनले बोर्डिङपास देखाउन सके, न अन्य कागजपत्र ।

त्यसलगत्तै नेपाल एयरलाइन्सका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुलाई बोलाए । ती व्यक्ति कसरी विमानसम्म पुगे भन्ने तथ्य प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेपछि मात्रै खुल्यो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुलाई चक्मा दिने गरी विमानसम्म पुग्ने व्यक्ति रौतहटका असरफ आलम रहेको खुलेको छ ।

सोमबार राति पौने १० बजे आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको देखिएको ठाकुरले जानकारी दिए । विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो ।

तर, उनले बार नाघेको र विमानस्थलको पार्किङसम्म पुगेको सुरक्षाकर्मीले पनि पत्तो पाएनन् । उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुगेका थिए ।

अनुसन्धानमा उनी एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको छ । तर, उनको मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो ।

तर, यसपटक आलममाथि विस्तृत अनुसन्धान हुने विमानस्थल प्रमुख ठाकुले बताए । उनका अनुसार आलमको गाउँमा नै पुगेर उनको पृष्ठभूमिबारे अनुसन्धान हुनेछ ।

‘एकपटक मानसिक सन्तुलन ठीक नभएको भनेर छाडिएको व्यक्तिले फेरि सोही हर्कत दोहोर्‍याउनु निकै गम्भीर विषय हो,’ उनले भने, ‘उनले कुनै खालको रेकी गर्न या अन्य कुनै स्वार्थसहित त्यसो गरिरहेका छन् कि भनेर अनुसन्धान हुन्छ ।’

 

आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् । उनी निकटका व्यक्तिहरुले भने आलमलाई विमान चढ्न निकै रहर भएकाले उनी त्यसका लागि पटक-पटक यस्ता हर्कत गरेको हुनसक्ने बताएका छन् ।

विमानस्थल प्रमुख ठाकुरका अनुसार यो निकै गम्भीर घटना भएको बताउँछन् । यसले मुख्य रुपमा विमानस्थलको सुरक्षामाथि प्रश्न उठ्ने उनको भनाइ छ ।

‘सुरक्षा निकायहरुले पनि यो घटनापछि निकै गम्भीरता देखाएका छन्, यदि कुनै विष्फोटक पदार्थ लिए कोही व्यक्ति यसरी विमानस्थल प्रवेश गर्‍यो भने त ठूलो जोखिम हुन्छ, उनले भने, ‘त्यसैले यो घटनापछि हामी विमानस्थलको सुरक्षालाई अझ मजबुत गर्ने पक्षमा थप गम्भीर भएर लाग्छौं ।’

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किसानको समस्या समाधान गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

रास्वपाका सांसद गजुरेलको पानीजन्य दुर्घटना रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुु भयो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही,१२ जेठ । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय

सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं,१२ जेठ । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी,

नेतृत्व असफल भयो, तर कांग्रेस फुट्दैन’

काठमाडौं,१२ जेठ । नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताउनु भएको छ। अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका

बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल

काठमाडौं,१२ जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ । मंगलबार