ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चल्दै

ओली, लेखकलाई पक्राउ गर्न कति कानुनी बाटो खोल्छ ? भन्ने चाहिँ चासोको विषय बनेको छ ।

काठमाण्डौं,२० असोज । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।

May be a graphic of 2 people and text that says '#ARRESTKPOLI #ARRESTRAMESHLEKHAK ARRESTMURDERERS THE COU INCIL OF OFGENZ THEOUL GENZ ARREST KP SHARMA OLI I RAMESH LEKHAK MURDERERS ARREST THE MURDERERS OR T NATION WILL BE COMPELLED TO TAKE ACTIONS.'

जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको उहाँहरूले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै पक्राउ गर्न माग गरिएको जानकारी पाइएको छ।

आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का गरिएको छ भने काठमाडौं उपत्यकाबाट बाहिर जानुपर्ने अनुमति लिनुपर्ने भनिएको हो ।

जेन जी आन्दोलनको अगुवाको रुपमा रहेका सुदन गुरुङलगायतका टोलीले विगत केही समयदेखि नै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग राख्दै आएका थिए् । भदौ २३ को आन्दोलनमा मारिएका जेन जीहरुको जिम्मेवार ओली र लेखक भएको उनीहरुको दाबी रहेको छ ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष गुरुङलगायतका जेन जी आन्दोलनका अगुवाले सरकार बनेदेखि नै ओली र लेखकलाई पक्राउ गर्नुका साथै अन्य नेताहलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँदै आइ रहनु भएको छ । पछिल्ला दिनमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पनि उहाँहरुले पक्राउ गर्नुपर्ने माग गर्दै आँउनु भएको छ। गत शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको जेन जी आन्दोलनका अगुवा र सरकारी अधिकारीसँगको छलफलमा पनि उक्त माग अघि सारिएको थियो । गुरुङले ओली,लेखक र बस्नेतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नु भएको थियो।

सरकारले कानुनी प्रक्रियामार्फत अघि बढ्ने बताएपछि सामाजिक सञ्जालमार्फत जेन जी अगुवाले दबाब बढाउन खोजेको हुन् । उहाँहरुले सार्वजनिक रुपमा दबाब बढाएर सरकारलाई पक्राउ गर्न सजिलो बनाउन खोजेको देखिन्छ । यद्यपी, उहाँहरुको उक्त दबाबले ओली, लेखकलाई पक्राउ गर्न कति कानुनी बाटो खोल्छ ? भन्ने चाहिँ चासोको विषय बनेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित