सुहाङ नेम्वाङको माग, इलामलाई ‘संकटग्रस्त क्षेत्र’ जिल्ला घोषणा गरौ’

दमक, २१ असोज | नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गर्नु भएको छ । र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न पनि सरकारसँग अनुरोध गर्नु भएको छ ।

 

नेम्वाङले सामाजिक सञ्जालमार्फत यो माग राख्दै इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएका हुन्।जारी वर्षाका कारण इलाम जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ। मुख्य सडकहरू अवरुद्ध छन्, विद्युत् आपूर्तिमा बाधा पुगेको छ र समग्र जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ।नेम्वाङका अनुसार पहिरो, सडक ध्वस्त र सञ्चार विच्छेदका कारण राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ।

 

यस विषम परिस्थिति र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसलाई आधार मान्दै उनले तत्काल जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्।

 

त्यस्तै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण अत्यावश्यक राहत सामग्री, औषधि र जनसञ्चारमा समेत बाधा पुगेको छ।राहत सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नका लागि नेम्वाङले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। इलाममा मात्रै बाढि पहिरोमा परि ३८ जनाको मृत्यू भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बकर ईदको अवसरमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर,१४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा

चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

काठमाडौं,१३ जेठ । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल

वीरगन्जका मेयर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन

वीरगन्ज ,१३ जेठ। किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र

डि पि एल उर्लाबारी द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

उर्लाबारी, १३ जेठ  । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल, दमक ५,

हामी पुर्जा वितरणको तयारमा थियौं तर दुईतिहाईको सरकारले डोजर चलायो

काठमाडौं,१३ जेठ । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाउनु भएको छ। उहाँरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति

लगानीको अभिभावकत्व लिने व्यवस्था राख्नुपर्छ : पाण्डेको माग

काठमाडौं,१३ जेठ । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । राज्यले लगानीको