कानुनका जानकारहरूका अनुसार आन्दोलन दबाएको आरोपमा ओली र लेखकलाई पक्राउ गर्न मिल्दैन

काठमाडौँ,२१ असोज । जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकाको हत्या गरेको भन्दै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जेनजीले पक्राउ गर्न दबाब दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हो।

 

ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै सुदन गुरुङले सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेका थिए । यो पक्रिया सामाजिक सञ्जालमा मात्रै रोकिएन, गुरुङ जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगका थिए। आन्दोलन दबाउन गोली हानेर ७५ जना युवाको हत्या गरेको भन्दै पुर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध गुरुङले दिएको जोहरी दर्ता हुन सकेको थिएन ।

भदौ २३ को जेनजीको आन्दोलनको दमनको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन भइसकेको छ । सो समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन म्यान्डेट दिएको छ ।

कार्कीले भने फौजदारी प्रकृतिको मुद्दामा पक्राउ गरेर प्रक्रिया अघि बढाउन जाँचबुझ आयोगको प्रतिवेदन पर्खिनुनपर्ने भन्दै गृहमन्त्री अर्याललाई भन्नु भएको छ। कार्कीको उक्त प्रतिक्रिया बाहिर आएपछि जेनजी प्रतिनिधिले पुर्व ओली र लेखकलाई तत्काल पक्राउ गर्न सरकारलाई दबाब दिइ रहेका छन् ।

तर आन्दोलन दबाएकै विषयलाई जोडेर ओली र लेखकलाई पक्राउ गरिहाल्न नमिल्ने फौजदारी कानुनका जानकारहरू बताँउछन् ।

विद्यमान कानुन अनुसार जुनसुकै मुद्दा लगाए पनि ओली र लेखकलाई पक्राउ गर्न सकिने तर आन्दोलन दबाएको अभियोगमा अहिले नै पक्राउ गर्न मिल्ने आधार नदेखिएको फौजदारी कानुनका जानकार तथा अधिवक्ता डा. सुवास आचार्यले बताँउनु भयो । अन्य फौजदारी कसुर भए पक्राउ गरेर अनुसन्धान गर्न सकिने उहाँको आशय थियो ।

‘कुन कानुनअन्तर्गत, के कसुरमा पक्राउ गर्ने भन्ने पहिलो प्रश्न आउँछ,’ आचार्यले भन्नु भयो‘प्रचलित फौजदारी कानुनअन्तर्गत कसुर भएका क्रियाहरूमा अनुसन्धान तहकिकात गर्ने छुट्टाछुट्टै राज्यका निकायहरू रहेका छन् । यी निकायहरूले अनुसन्धान तहकिकात गर्न र आवश्यक परे पक्राउ गर्न र अनुसन्धान गर्न सकिन्छ ।’

तर जुनसुकै व्यक्तिलाई पक्राउ गर्न के कसुरमा पक्राउ गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ । अन्य फौजदारी कसुरको विषयमा अनुसन्धान गर्न र पक्राउ गर्दा कार्की जाँचबुझ आयोगको समितिलाई कुनै असर नगर्ने आचार्यले बताँउनु भयो । फौजदारी कसुरसँग जोडिएको विषयमा अनुसन्धान गर्न कार्की आयोगको प्रतिवेदन कुरिरहनु नपर्ने उहाँले बताउनु भयो ।

‘उहाँहरूलाई अहिले के आधारमा पक्राउ गर्ने त्यो हेर्नुपर्छ । अब आन्दोलन दबाएको भन्नेलाई कसुर मानिएको छैन,’ आचार्यले भन्नु भयो, ‘आन्दोलनको क्रममा हिंसा भएकोमा उहाँहरूको पनि हात छ कि त भन्ने विषयलाई छानबिन गरेपछि मात्रै देखिने कुरा हो ।’

उहाँले भन्नु भयो, ‘त्यहाँ गोली प्रहार गर्ने व्यक्तिहरू कसैलाई पक्राउ गरेर त्यो गोली प्रहार गर्ने व्यक्तिले फलानोको आदेशमा मैले प्रहार ग¥या हो भनेर उसलाई पनि पोल्छ भने ज्यान केसमा अनुसन्धान हुन सक्यो । यो आन्दोलन दबेको वा दबाएको भन्ने शीर्षकमा चाहिँ पक्राउ गर्न मिल्दैन ।’

जेनजीका प्रतिनिधिहरूले दुवै (ओली लेखक) लाई तुरुन्तै पक्राउ गरेर थुनामा राख्नुपर्ने सरकारसँग माग गरिरहेका छन् तर यस्तोमा आचार्यले भन्नु भयो, ‘त्यो विधि र साधनभन्दा बाहिर हो, पक्राउ गर्ने तर कुन कसुरमा पक्राउ गर्ने पहिला त्यो छुट्टाउन पर्छ ।’

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रविधि कुनै जादुको छडी होइन; समाधानहरू समाजभित्रै खोजिनुपर्छ।

वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त?

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने