प्रविधि कुनै जादुको छडी होइन; समाधानहरू समाजभित्रै खोजिनुपर्छ।

वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त?

आज हामीले सामना गर्ने हरेक समस्याको समाधानका लागि कुनै न कुनै नयाँ प्रविधि उपलब्ध छ। सडक दुर्घटना बढेमा क्यामेरा जडान गर्ने, अनियमितता भएमा डिजिटल प्लेटफर्म बनाउने, शिक्षा कमजोर भएमा अनलाइन एपहरू ल्याउने वा सुशासनमा चुनौती देखिएमा प्रविधिको प्रयोग गर्ने जस्ता उपायहरू अपनाइन्छन्। प्रायः यस्तो लाग्छ कि प्रविधि एउटा जादुको छडी हो जसले जटिल समस्याहरूलाई तत्कालै समाधान गरिदिन्छ। तर के वास्तवमै त्यस्तो हो त?

आज हामीले यो तथ्य बिर्सिएका छौं कि प्रविधि वास्तविक परिवर्तनको विकल्प होइन, बरु त्यसको माथिल्लो आवरण मात्र हो। यो आवरणले हामीलाई सही दिशामा अघि बढिरहेको भान गराउँछ, जबकि वास्तविक समस्या भने जस्ताको तस्तै रहिरहन्छ। यस अवधारणालाई ग्रीक दार्शनिक प्लेटोको “गुफाको दृष्टान्त” (Allegory of the Cave) मार्फत बुझ्न सकिन्छ। प्लेटोका अनुसार, यदि मानिसहरूलाई जन्मैदेखि एउटा गुफाभित्र बन्द गरेर राखियो भने, उनीहरूले भित्तामा देखिएका छायालाई नै वास्तविकता ठान्नेछन् र बाहिर अर्कै वास्तविक संसार छ भन्ने कुरा थाहा पाउनेछैनन्। प्रविधिसँगको हाम्रो सम्बन्ध पनि ठ्याक्कै यस्तै छ। उदाहरणका लागि, सडक सुरक्षालाई नै हेरौं। यदि कुनै समाजमा ट्राफिक नियम पालना गर्ने संस्कारको अभाव छ भने, के केवल क्यामेराको भरमा दुर्घटना रोक्न सकिन्छ?

पक्कै पनि, यसले केही समयका लागि नियम उल्लङ्घनका घटनाहरू कम गर्न सक्छ । क्यामेरा देखिने ठाउँमा मानिसहरूले हेलमेट लगाउने, गति कम गर्ने र सिटबेल्ट बाँध्ने काम गर्न सक्छन् तर, के उनीहरूको व्यवहारमा वास्तविक परिवर्तन आएको छ त । प्रशासन र संस्थाहरूको बुझाइमा थप क्यामेरा, धेरैभन्दा धेरै तथ्याङ्क, व्यापक निगरानी र बढी केन्द्रीकृत प्रणाली नै समस्याको समाधान हो। क्यामेराले नियम उल्लङ्घनको दृश्य त कैद गर्न सक्छ, तर कारबाही कसले गर्ने? तथ्याङ्क सङ्कलन गर्न सकिन्छ, तर त्यसको विश्लेषण र सदुपयोग कसले गर्ने? प्रविधि आईले सुझाव दिन सक्छ, तर निर्णय कसले लिने? के त्यही समाजले जसले नियम उल्लङ्घन गरिरहेको छ? यदि लापरबाही, पूर्वाग्रह, उदासीनता वा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति कायमै रहन्छ भने, प्रविधिले के नै हासिल गर्न सक्ला र?

इतिहासले यो देखाउँछ कि प्रविधिले अवसरहरू सिर्जना गर्न सक्छ तर शिक्षा, अनुसन्धान क्षमता, संस्थागत सामर्थ्य र पुँजी भएका समाजहरूले मात्र तिनको सदुपयोग गर्न सक्छन्। विकासोन्मुख देशहरूले भने प्रायः भिन्नै किसिमको चुनौतीको सामना गर्नुपर्छ उनीहरू नयाँ प्रविधिका निर्माता नभई केवल उपभोक्ता मात्र हुन्छन्। नयाँ प्रविधि देखा पर्नासाथ उनीहरू त्यसलाई अपनाउन हतारिन्छन्। स्रोत-साधन, लगानी र प्रतिभाको ठूलो हिस्सा त्यही दिशातिर प्रवाहित हुन थाल्छ र यो आफैँमा एउटा ठूलो पासो बन्न पुग्छ। यसको परिणामस्वरुप आधारभूत प्रश्नहरू ओझेलमा पर्छन । जस्तै: के हाम्रो समाजमा स्वतन्त्र सोच छ? के यो समाज शिष्टाचार र मूल्य-मान्यतामा आधारित छ? के हाम्रा संस्थाहरू सक्षम छन्? र, के हाम्रा नागरिकहरूमा वैज्ञानिक दृष्टिकोण, अनुशासन तथा जिम्मेवारीबोधको विकास भइरहेको छ?

आदि वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त? यदि जराहरूले पर्याप्त पानी पाइरहेका छैनन् वा माटोमा पोषक तत्वको अभाव छ भने पातहरूमा लगाइएको रङ केवल एउटा दृष्टिभ्रम मात्र हो। समस्या जरामा नै निहित हुन्छ र यसको समाधान पनि त्यहीँ नै खोज्नुपर्छ।

समाज र राष्ट्रहरू धेरै हदसम्म उस्तै हुन्छन्। संस्कृति, शिक्षा, नैतिकता, संस्थागत क्षमता र नागरिक चेतनाले जराको काम गर्छन्। जरालाई बेवास्ता गर्दै केवल पातहरू टल्काउनुले केही समयका लागि आकर्षक दृश्य त देखाउन सक्ला, तर यसले कुनै दिगो समाधान दिँदैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा