प्रविधि कुनै जादुको छडी होइन; समाधानहरू समाजभित्रै खोजिनुपर्छ।

वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त?

आज हामीले सामना गर्ने हरेक समस्याको समाधानका लागि कुनै न कुनै नयाँ प्रविधि उपलब्ध छ। सडक दुर्घटना बढेमा क्यामेरा जडान गर्ने, अनियमितता भएमा डिजिटल प्लेटफर्म बनाउने, शिक्षा कमजोर भएमा अनलाइन एपहरू ल्याउने वा सुशासनमा चुनौती देखिएमा प्रविधिको प्रयोग गर्ने जस्ता उपायहरू अपनाइन्छन्। प्रायः यस्तो लाग्छ कि प्रविधि एउटा जादुको छडी हो जसले जटिल समस्याहरूलाई तत्कालै समाधान गरिदिन्छ। तर के वास्तवमै त्यस्तो हो त?

आज हामीले यो तथ्य बिर्सिएका छौं कि प्रविधि वास्तविक परिवर्तनको विकल्प होइन, बरु त्यसको माथिल्लो आवरण मात्र हो। यो आवरणले हामीलाई सही दिशामा अघि बढिरहेको भान गराउँछ, जबकि वास्तविक समस्या भने जस्ताको तस्तै रहिरहन्छ। यस अवधारणालाई ग्रीक दार्शनिक प्लेटोको “गुफाको दृष्टान्त” (Allegory of the Cave) मार्फत बुझ्न सकिन्छ। प्लेटोका अनुसार, यदि मानिसहरूलाई जन्मैदेखि एउटा गुफाभित्र बन्द गरेर राखियो भने, उनीहरूले भित्तामा देखिएका छायालाई नै वास्तविकता ठान्नेछन् र बाहिर अर्कै वास्तविक संसार छ भन्ने कुरा थाहा पाउनेछैनन्। प्रविधिसँगको हाम्रो सम्बन्ध पनि ठ्याक्कै यस्तै छ। उदाहरणका लागि, सडक सुरक्षालाई नै हेरौं। यदि कुनै समाजमा ट्राफिक नियम पालना गर्ने संस्कारको अभाव छ भने, के केवल क्यामेराको भरमा दुर्घटना रोक्न सकिन्छ?

पक्कै पनि, यसले केही समयका लागि नियम उल्लङ्घनका घटनाहरू कम गर्न सक्छ । क्यामेरा देखिने ठाउँमा मानिसहरूले हेलमेट लगाउने, गति कम गर्ने र सिटबेल्ट बाँध्ने काम गर्न सक्छन् तर, के उनीहरूको व्यवहारमा वास्तविक परिवर्तन आएको छ त । प्रशासन र संस्थाहरूको बुझाइमा थप क्यामेरा, धेरैभन्दा धेरै तथ्याङ्क, व्यापक निगरानी र बढी केन्द्रीकृत प्रणाली नै समस्याको समाधान हो। क्यामेराले नियम उल्लङ्घनको दृश्य त कैद गर्न सक्छ, तर कारबाही कसले गर्ने? तथ्याङ्क सङ्कलन गर्न सकिन्छ, तर त्यसको विश्लेषण र सदुपयोग कसले गर्ने? प्रविधि आईले सुझाव दिन सक्छ, तर निर्णय कसले लिने? के त्यही समाजले जसले नियम उल्लङ्घन गरिरहेको छ? यदि लापरबाही, पूर्वाग्रह, उदासीनता वा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति कायमै रहन्छ भने, प्रविधिले के नै हासिल गर्न सक्ला र?

इतिहासले यो देखाउँछ कि प्रविधिले अवसरहरू सिर्जना गर्न सक्छ तर शिक्षा, अनुसन्धान क्षमता, संस्थागत सामर्थ्य र पुँजी भएका समाजहरूले मात्र तिनको सदुपयोग गर्न सक्छन्। विकासोन्मुख देशहरूले भने प्रायः भिन्नै किसिमको चुनौतीको सामना गर्नुपर्छ उनीहरू नयाँ प्रविधिका निर्माता नभई केवल उपभोक्ता मात्र हुन्छन्। नयाँ प्रविधि देखा पर्नासाथ उनीहरू त्यसलाई अपनाउन हतारिन्छन्। स्रोत-साधन, लगानी र प्रतिभाको ठूलो हिस्सा त्यही दिशातिर प्रवाहित हुन थाल्छ र यो आफैँमा एउटा ठूलो पासो बन्न पुग्छ। यसको परिणामस्वरुप आधारभूत प्रश्नहरू ओझेलमा पर्छन । जस्तै: के हाम्रो समाजमा स्वतन्त्र सोच छ? के यो समाज शिष्टाचार र मूल्य-मान्यतामा आधारित छ? के हाम्रा संस्थाहरू सक्षम छन्? र, के हाम्रा नागरिकहरूमा वैज्ञानिक दृष्टिकोण, अनुशासन तथा जिम्मेवारीबोधको विकास भइरहेको छ?

आदि वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त? यदि जराहरूले पर्याप्त पानी पाइरहेका छैनन् वा माटोमा पोषक तत्वको अभाव छ भने पातहरूमा लगाइएको रङ केवल एउटा दृष्टिभ्रम मात्र हो। समस्या जरामा नै निहित हुन्छ र यसको समाधान पनि त्यहीँ नै खोज्नुपर्छ।

समाज र राष्ट्रहरू धेरै हदसम्म उस्तै हुन्छन्। संस्कृति, शिक्षा, नैतिकता, संस्थागत क्षमता र नागरिक चेतनाले जराको काम गर्छन्। जरालाई बेवास्ता गर्दै केवल पातहरू टल्काउनुले केही समयका लागि आकर्षक दृश्य त देखाउन सक्ला, तर यसले कुनै दिगो समाधान दिँदैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको

असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

काठमान्डौ ,१ असोज । हरेक बर्ष विश्वकर्मा पुजाकै दिन कन्या संक्रान्ति अर्थात वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई

फोहोरमैला व्यवस्थापनमा तीनै तहको भूमिका स्पष्ट पार्न विधेयक संसद्मा प्रस्तुत

 काठमाडौं , १ असोज। फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार यो

होटल पौवाद्वारा प्रधानमन्त्री विपद् कोषमा ११ लाख सहयोग

चितवन , असोज १। होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग