दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाद्धारा अपिल

विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान समेत गरे

काठमाण्डौं,२२ असोज। दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाले अपिल गरेका हुन्। बुधबार ३० जना नागरिक अगुवाले अपिलमार्फत् राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहसँग संवाद गरी सबैलाई विश्वासमा लिएर चुनावको वातावरण तयार पार्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई आग्रह गरेका छन्।

 

झलक सुवेदी, लोकराज बराल, विद्याधर मल्लिक, कृष्ण खनाल, केदारभक्त माथेमा, तारानाथ दाहाल, संगीता लामा, तुलानारायण शाह, गेजा शर्मा वाग्ले, युग पाठकलगायतले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मिति फागुन २१ मा नै चुनाव गर्नु अन्तरिम सरकारको राष्ट्रिय दायित्व भएको बताँउनु भएको छ ।

 

सुरक्षा निकायको मनोबल उच्च बनाइ आवश्यक साधन–स्रोत व्यवस्थापन गरी शान्ति–सुव्यवस्था बहाल गर्न पनि विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराइएको जनाइएको छ । राजनीतिक दलहरूलाई पनि चुनावमा सहभागी हुन नागरिक अगुवाको अपिल रहेको छ । यसअघि मङगलबार विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान समेत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रविधि कुनै जादुको छडी होइन; समाधानहरू समाजभित्रै खोजिनुपर्छ।

वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त?

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने