दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाद्धारा अपिल

विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान समेत गरे

काठमाण्डौं,२२ असोज। दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाले अपिल गरेका हुन्। बुधबार ३० जना नागरिक अगुवाले अपिलमार्फत् राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहसँग संवाद गरी सबैलाई विश्वासमा लिएर चुनावको वातावरण तयार पार्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई आग्रह गरेका छन्।

 

झलक सुवेदी, लोकराज बराल, विद्याधर मल्लिक, कृष्ण खनाल, केदारभक्त माथेमा, तारानाथ दाहाल, संगीता लामा, तुलानारायण शाह, गेजा शर्मा वाग्ले, युग पाठकलगायतले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मिति फागुन २१ मा नै चुनाव गर्नु अन्तरिम सरकारको राष्ट्रिय दायित्व भएको बताँउनु भएको छ ।

 

सुरक्षा निकायको मनोबल उच्च बनाइ आवश्यक साधन–स्रोत व्यवस्थापन गरी शान्ति–सुव्यवस्था बहाल गर्न पनि विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराइएको जनाइएको छ । राजनीतिक दलहरूलाई पनि चुनावमा सहभागी हुन नागरिक अगुवाको अपिल रहेको छ । यसअघि मङगलबार विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान समेत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४