फरार रहेका नौ जना कैदीबन्दीलाई उदयपुर प्रहरीद्धारा पक्राउ

उदयपुर,२२ असोज। जेनजी समूहको आन्दोलनका क्रममा विभिन्न जिल्लाबाट फरार रहेका नौ जना कैदीबन्दीलाई उदयपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । यसरी पक्राउ पर्नेमा जबरजस्तीकरणी मुद्दादेखि कर्तव्य ज्यान, लागुऔषध, सवारी अंगभंग, डाकाचोरी उद्योगका ११ वर्ष कैद र ५५ हजार जरिवानासम्मका कैदीबन्दी रहेका थिए।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरि रहेका चौदण्डिगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सार्की र कर्तव्य ज्यान मुद्दाका बन्दी लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका ७२ वर्षीय सन्तबहादुर राई पक्राउ परेका हुन्।

 

नख्खु कारागार ललितपुरमा डाकाचोरी मुद्दामा ५५ हजार जरिवार र ५ वर्ष ६ महिना कैद सजाए तोकिएका त्रियुगा नगरपालिका ६ जलजलेका २८ वर्षीय सन्जिव दर्जी र जबरजस्तीकरणी मुद्दाका बन्दी त्रियुगा नगरपालिका १ जोगिदहका ३१ वर्षीय दिलिप कार्की रहेका हुन्।

 

झुम्का कारागार सुनसरीमा जवरजस्ती करणी मुद्दामा नौ वर्ष १० महिना आठ दिन सजाए तोकिएका सुनसरी धरान उपमहानगरपालिका ८ का ३२ वर्षीय प्रविण सुन्दास, सोही मुद्दाका बन्दी बेलका नगरपालिका ३ का ४० वर्षीय योगेन्द्र राई, अर्का बन्दी चौदण्डीगढी नपा १ काभ्रेका ३७ वर्षीय धनबहादुर राई र लागुऔषध मुद्दाका बन्दी बेलका नपा ९ कमलावारीका २८ वर्षीय नरेश विक रहेको एसपी चापागाईले बताउनु भयो ।

 

जिल्ला कारागार बैतडीमा सवारी अंगभंग मुद्दाका बन्दी रौतामाई गाउँपालिका ८ का २४ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन् । फरार कैदीबन्दीलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले गत भदौ २९ गतेदेखि असोज २१ गतेसम्म उनीहरुलाई लुकिछिपी आफ्नो र आफन्तको घरमा बस्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी चापागाईले जानकारी दिनु भयो ।

पक्राउ परेका सबैलाई कानुनी प्रकृया पुरा गरी सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनु भयो । मौसम प्रतिकुलका कारण सडक अवरुद्ध हुँदा समयमा पठाउन नसकिएको र सडक सुचारु हुनसाथ सम्बन्धित कारागारलाई बुझाइने उहाँले बताउनु भयो ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान

’सुकुम्बासीको छोरो’ भन्दै चुनाव जितेका सांसद खनालको घर नै ऐलानी जग्गामा

काठमाडौँ,२० वैशाख । सरसफाइ अभियन्ताहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर उम्मेदवार बनेका कृष्णप्रसाद खनाल (केपी खनाल)ले २१ फागुनको निर्वाचनमा कैलाली– २ बाट चुनाव जित्नु