इलामका ८ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस

कोशी प्रदेश सरकारले बाढीपहिरोबाट घर क्षति भएकाहरूको पुनर्निर्माण गर्ने निर्णय

विराटनगर,२२ असोज । कोशी प्रदेश सरकार विपद् व्यवस्थापन समितिले असोज १८, १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट पूर्ण रूपमा घर क्षति भएका पीडितहरूको घर पुनर्निर्माण गरिदिने निर्णय गरेको हो ।

 

विपद् व्यवस्थापन समितिले सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका ८ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको स्रोतले बताएको छ ।

 

प्राकृतिक विपत्तिपछिको अवस्थाबारे छलफल गर्न बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले विभिन्न निर्णय गरेको छ। बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो, प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । प्रदेश सरकारले विपद् पीडित नागरिकको तत्कालको आवश्यकतादेखि दीर्घकालीन पुनस्र्थापना सम्मका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

 

‘पूर्ण रूपमा भत्किएका घरहरूको पुनर्निर्माणको जिम्मा प्रदेश सरकारले लिने निर्णय भएको छ,’ बैठकपछि कुरा गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भन्नु भयो, ‘त्यसका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ दिनभित्र क्षतिको यथार्थ विवरण सङ्कलन गरी पुनर्निर्माणको प्रक्रिया अघि बढाउने बताँउनु भयो ।’

 

प्रदेश सरकारले नै क्षतिग्रस्त घर बनाइदिने भन्दै आफ्नो मुख्य दायित्वका रूपमा लिएको जनाएको छ ।

 

बैठकबाट राहत, पुनर्निर्माण र अत्यावश्यक सेवा सञ्चालनलाई तत्काल प्रभावकारी बनाउन ३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको जनाएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी रहनु भएको छ । कार्यदलले तत्कालै आफ्नो कार्ययोजना बनाएर काम थाल्ने बताएको छ ।

 

बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल खर्च गर्न सक्ने गरी विभिन्न जिल्लालाई रकम उपलब्ध गराउने निर्णय पनि गरेको जनाएको छ । जसमा इलामका लागि २५ लाख रुपैयाँ, झापाका लागि १० लाख रुपैयाँ र पाँचथर, मोरङ र सुनसरीका लागि प्रतिजिल्ला ५÷५ लाख रुपैयाँ दिने उल्लेख गरिएको छ । ‘यो रकम तत्काल आवश्यक पर्ने सानातिना मर्मत, अस्थायी बसोबास व्यवस्थापन तथा अन्य आकस्मिक कार्यमा खर्च गरिने मन्त्री भण्डारीले जानकारी दिनु भयो ।

राहत र पुनर्निर्माणका लागि आवश्यक पर्ने बजेट जुटाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ५ दिनभित्र प्रस्ताव पेस गर्न निर्देशन दिइएको जानकारी पाइएको छ । चालु खर्च कटौती गर्ने तथा साना र कम प्रभावकारी आयोजनाहरूको बजेट रकमान्तर गरेर स्रोत व्यवस्थापन गर्नें निर्णय पनि बैठकले निर्णय गरेको जनाएको छ ।

बैठकले विपदको यो घडीमा सहयोगी मनहरू, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, राष्ट्रसेवक कर्मचारी र आम नागरिकलाई राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्न अपिल पनि गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४