इजरायलमा हमासको आक्रमणमा निधन भएका विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइयो

काठमाडौँ,३ कार्तिक । इजरायलमा हमासको कब्जामा परी निधन भएका विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः ३५ बजे काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्नु भएको छ।

 

प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ्। शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव, परराष्ट्र सचिव, नेपालका लागि इजरायली राजदूत लगायतका विशिष्ट महानुभावहरूले पनि श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।

 

जोशीको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित उनको घरमा पु¥याउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले बताएको छ। इजरायली सरकारको तत्त्वावधान तथा इजरायलस्थित नेपाली राजदूतावासको समन्वयमा उनको शव नेपाल ल्याइएको छ।

गत वर्ष ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि बन्धक बनाइएका जोशीको निधनको जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा गराएको थियो।

उक्त आक्रमणमा १० जना निर्दोष नेपाली विद्यार्थीको पनि निधन भएको थियो। सरकारले बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि हरसम्भव प्रयास गरेको मन्त्रालयले बताएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच