दमक, ४ कात्तिक । लक्ष्मी पूजाका दिन हिजो दमकमा अत्यधिक सवारी दुर्घटना भएको छ ।हिजो साँझ ६ः३० बजे दमक नगरपालिका वडा न. ५ यलम्बर चोकस्थित भित्री सडकखण्डमा राजमार्गबाट यलम्बर चोकतर्फ जाँदै गरेको को १८ प ३७९१ नम्बरको मोटरसाइकलले पैदलयात्री पाँचथर याङवरक २ घर भई हाल दमक ५ मा डेरा गरी बस्ने बर्ष २५ की एलिसा लिम्बूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । उपचारमा मोटरसाइकल चालक दमक ५ बस्ने बर्ष २१ का सौगात बिक संलग्न रहेको प्रहरीले बताएको छ । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गएराति ८ः३० बजे दमक नगरपालिका वडा न. १ चुलाचुली बोर्डिङस्थित भित्री सडकखण्डमा हवल्दार चोकबाट फाल्गुनन्द चोकतर्फ जाँदै गरेको मे.४ प ७०२२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।साइकलयात्री दमक १ बस्ने बर्ष ६५ का श्यामदेव महतोको अनुहार र दुबै हातखुट्टामा चोट लागेको छ । दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक २ बस्ने बर्ष २४ का रोमन कार्की पनि घाइते भएका छन् । उनको दमक अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै राति ९ बजे दमक वडा नं. ५ गुम्बा चौकस्थित भित्री सडकखण्डमा गुम्बा चौकवाट डिपुचौकतर्फ जाँदै गरेको प्र१–०१–०१६प ३५३४ नं. को मोटरसाइकलले साइकलयात्री दमक ३ बस्ने बर्ष ५२ का रामकुमार दर्जीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते साइकलयात्रीको दमक अस्पताल दमकमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक .५ बस्ने बर्ष २९ का यादव राई पनि घाइते भएका छन् । टाउकोमा चोट लागेर सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई मोटरसाइकलसहित उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।
एआइ तस्बीर









