एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

 

 

काठमाडौं : सत्तारुढ पाँच दलको बैठक बस्दै छ।  एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।  आज  बिहान १० बजे बोलाइएको बैठकमा  एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको जनाइएको छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडेर भए पनि नेकपा एमालेसँग सहकार्य गर्ने चेतावनी दिएपछि माओवादी केन्द्र र नेकपा एकीकृत  समाजवादी अप्ठ्यारोमा परेका छन्।

यी दुवै दलले एमसीसीको विरोध गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतारेका छन्। एमालेसँग भएका निरन्तरका छलफलमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सहयोगको अपेक्षा भए अहिलेको गठबन्धन तोडिनुपर्ने बताएपछि कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी माथि दवाब बढाउँदै गएको छ।

पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा माओवादीको पूर्व स्थायी कमिटीको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ। यस्तै एकीकृत समाजवादीले विहान ११ बजे सचिवालयको बैठक बोलाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न