के फागुन २१ मा चुनाव हुन्छ ? झापाका मतदाता यसो भन्छन

दमक १८ कार्तिक । जेन जी आन्दोलनबाट बनेको अन्तरीम सरकार गठन भएकै दिन प्रतिनिधीसभा भंग गर्ने निर्णय भयो । जनताबाट चुनीएर गएका सांसदहरुको संसद बिगठन गरेर प्रधानमन्त्री शुशीला कार्कीले तत्कालै चुनावको मिती समेत घोषणा गर्नुभयो ।

 

फागुन २१ गते प्रतिनिधीसभाको चुनाव हुने गरी बिगठनग भएको प्रतिनिधीसभा अहिले बन्द छ । योसगै २७५ जना प्रतिनिधीसभाका सदस्यहरु अहिले जिम्मेवारी बिहिन भएका छन् र फेरी चुनावबाट अनुमोदन हुनुपर्ने भन्दै चुनावको मिती घोषणा गरिएको छ । तर चुनाव तोकीएको मितीमा हुन्छ होला ? यतीबेला शिर्ष दलका शिर्ष नेताहरुनै यसमा आशंका व्यक्त गरिरहेका छन् ।

 

शान्त्ती सुरक्षाको अवस्था सामान्य नभएको, नागरीकमा डर र त्रास कायमै रहेको छ । जेलबाट भागेका अपराधीहरु अझै खुलेआम हिडिरहेका छन् । प्रहरी कार्यालयबाट लुटीएका हात हतियार अझै फिर्ता भइसकेका छैनन । प्रहरीमा गुमेको आत्मबल अझै फर्कन सकेको छैन । यस्तो भेलामा भयरहित , सुव्यवस्थित र शान्त तवरले कसरी चुनाव हुन सक्छ ? भन्दै प्रमुख दलहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

यही सन्दर्भमा झापाका केहि मततदातालाई हामीले भेटेर चुनावबारेको प्रतिकृया लिएका छौ । इन्द्रमणी पोखरेल । घर मेचिनगर नगरनगरपालिकाको वार्ड ३ । उहाँ लेखापढि व्यवसाय गर्नुहुन्छ । जेन जी आन्दोलनले परिवर्तन चाहेको र त्यो परिवर्तन चुनावबाट मात्रै हुने उहाँको ठम्याइ छ । त्यसकारण शुशीला कार्की नेतृत्वको सरकारले जुनसुकै हालतमा पनि तोकेको मितीमा चुनाव गरेर देशलाई निकास दिनुपर्ने उहाँको माग रहेको छ ।

 

 

यस्तै दमक ७ का जीवनाथ कोईरालालाई लागेको छ अहिलेको सरकारले कुनैपनि बाहनामा चुनावबाट भाग्नै मिल्दैन । देशमा शान्त्ती कायम राख्ने र देशलाई निकास दिने अनी जेनीजी पुस्ताको मागलाई संवोधन गर्ने हो भने चुनाव निर्विकल्प छ । कहाँ कहाँ कोकोसग केके भनेर र गरेर हुन्छ अहिलेको अन्तरीम सरकारले चुनाव गराउनै पर्ने उहाँको धारणा रहेको छ ।

चुनावमा भाग लिन दलहरु तयारनै छन् । एउटा दलले संसद पूःनस्थापर्ना भनेपनि सरकारले चुनावी माहोल र वातावरण बनाएको खण्डमा आफुहरु चुनावम जाने पनि भनेको छ । तर यो बिचमा सरकार र सरकारका मन्त्रीहरु दल र दलका नेतालाई प्रहार गर्ने गतिविधी र उच्छ्ींखल भाषणले भने दलहरु ससंकीत पनि भएका छन् । अनी दल बेगर चुनाव गराउछु भन्ने परिकल्पना पनि व्यवहारीक नहोला ।

 

त्यसैले यही सरकारले चुनाव गराएर देशलाई स्थाइत्वमा ल्याउने हो भने जनताको भावना र दलहरुसगको समेत समन्वय र सहकार्यमा चुनावी वातावरण बनाउन सक्नै पर्छ । र मात्रै फागुन २१ मा चुनाव सम्भव रहेको मतादाताहरुले पनि बताएका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि