झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ : ५० बजे बिरिङ पुलमा प्रदेश १–०२–०४५ प ७२९५ नम्बरको स्कुटी चालक अर्जुनधारा ५ बस्ने २६ वर्षीय अरुण डाँगीले मादक पदार्थ सेवन गरी विवाद गरेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डको टोलीले संझाइ बुझाइ गर्दा डाँगीले प्रहरीसंग नै विवाद गरेका थिए । उनलाई स्कुटरसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।










