दमक,३० कार्तीक । यो भीड कुनै मेला वा उत्सवको होईन । यो भीड हो लक्की ड्रमा उपहार पाउनेहरुको ।
दशैँभन्दा अगाडी दमक ६ मा रहेको आर के फेन्सी स्टोरले लक्की ड्र गराएको थियो । आर के का तीन वटा शोरुमबाट न्यूनतम ५ हजार खरिद गर्नेलाई एउटा कुपन दिएको थियो । दशै, तिहार र छठ पर्व सम्मको लागि र्कायक्रम आयोजना गरेको थियो । सोहि लक्की ड्रको आज छैटको समापन सगै नतिाजा प्रकाशन गरिएको छ ।
लक्की ड्रमा २५ सय बढि कुपन काटिएका थिए । यसमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही १ लाख ५० हजार, १ लाख र ५० हजार नगद पुरस्कार प्रदान गरीएको छ ।
लक्की ड्रमा प्रथम विजेता हुनुभयो दमकका दिवस खत्री। उहाँले रु१ लाख ५० हजार जित्नु भएको छ। यस्तै दोस्रो विजेता गौरादह बाट रिता कार्की बन्नु भएको छ । उहाँले रु १ लाख जित्नु भएको छ। भने तेस्रो विजेता दमककै सन्तोस श्रेष्ठ बन्नु भयो । जसले रु ५० हजार जित्नु भएको छ। विजतालाई खदा लाएर सम्मान गर्दै नगद पुरसकार सञ्चालक आरके थापाले हस्तान्तरण गर्नु भएको थियो ।
प्रथम विजेता दिवस खत्रीको आमा विमला पौडेल भन्नु हुन्छ,प्रत्येक चोटी कुपन काटेर सहभागी हुन्थ्ये तर कहीले परेको थिएन ।यो चोटी चाँही २० हजारको सपीङ गर्दा ४ वटा कुपन काटेको थिए लाक्की ड्र पर्यो म धेरै खुसी छु ।
दोस्रो विजेता सन्तोष श्रेष्ठ खुसी व्याक्त गर्दै भन्नु हुन्छ ,मैले एउटै मात्रै कुपन लिएको थिए । पुरस्कार पर्ला र जस्तो लागेको थियो । तर अहिले मेरो नाम आउँदा निकै खुसी छु ।
दमकमा रेडिमेड व्यवसायमा फरक ढंगले पहिचान बनाइरहनु भएको छ आर के फेन्सिका सञ्चालक आर के थापाले । उहाँ भन्नु हुन्छ यो सबै ग्राहकहरुकै माया , साथ र हौसालाले हो । यस खालका बिभिन्न उपहारका कार्यक्रमले ग्राहकलाई आकर्षकण गर्न मात्रै नभएर आर के फेन्सि प्रतिको सकरात्मक भाव बढाउन पनि हरेक वर्ष केहि न केहि उपहारको कार्यक्रम राख्ने गरेको थापाको भनाई छ ।
व्यवसाय गर्नु ठुलो कुरा होईन । तर त्यसलाई फरक ढंगले प्रस्तुत गर्नु र ग्राहकको मन जीत्नु चाहि खास उपलब्धी हो । एउटा सानो सर्टरमा १५ लाखको लगानीबाट सुरु भएको आर केको व्यवसायीक यात्रा अहिले दमकमा मात्रै ४ वटा स्वरोममा ४ करोड भन्दा बढि लगानीको भएको छ । यहाँबाट २० जना भन्दा बढीले रोजगार समेत पाएका छन् ।










