आफ्नै नामलाई ब्राण्ड बनाउँदै ‘जुनुन’ २५ लाखमा थालेको ‘स्पोर्टस वेयर सप’ अहिले करोड नाघ्यो

दमक, २६ कार्तिक । मन्द मुस्कान । सबैसग हासेर बोल्ने । फिट फाट शरिरिक बनावट । काममा लगनशीलता । अनी धैर्यताको साहस । सबैलाई नम्र व्यवहार । यस्तै विषेता छ जुनुनको । जुनुन राई । यो व्यक्तिकै नाम हो । तर आफ्नै नामलाई व्यवसायीक ब्राण्ड बनाउन उहाँ लागी पर्नु भएको छ । हरेक मान्छेको स्पष्ट लक्ष्य र उद्धेस्य हुन पर्छ । जसबाट मात्रै जीवनको अर्थ हुन्छ भन्ने सन्देश दिन समेत उहाँले आफ्नै नामबाट जुुनुन स्पोर्टी सञ्चालनमा ल्याउन भएको छ ।

 

जुनुनने नेपालमा भान्दा पनि भारतमा अध्यन गर्नु भएको हो । उहाँको अध्ययनले उहाँलाई अनुशाषन, धैर्यता र आत्मविस्वास बढायो । जसले गर्दा उहाँ अहिले आफ्नै ठाउँमा आएर विदेशी भूमिमा सिकेको अनुभव भागेको भोगाइलाई अवसरका रुपमा बदल्ने प्रयास गरिरहनु भएको छ । जसका लागी उहाँले झापाको दमक स्थित बेलडाँगी रोडमा रहेको दमक मल अर्थात डि म्याक्सको ग्राउड फल्लोरमा दुईवटा खेलकुदका सामान र कपडाहरु बेच्न उहाँले पसल खोल्नु भएको छ । यो पसलमा व्यवसायीक खेलाडीकालागी आवश्यक पर्ने सबै खालका खेलकुदमा सामाग्री पाइन्छ । अनी त्यसमा प्रयोग हुने पोषाक तथा अन्य सामाग्रीहरु समेत पाइन्छ ।

 

उमेर उती पाकीसकेको छैन । यूवा जोश छ । नयाँ सोच छ । अनी निरन्तर नयाँ पनको खोज छ । खेलकुदमा रुची छ । शरिर फुर्ती छ । सकरात्मक सोचले नयाँ उचाई छुनुनै छ । अहिले दमकमा तीन वटा पसल बिस्तार गरिसक्नु भएका जुनुनले देशभर खेलकुदमा रुची हुनेहरका लागी सबैखाले सामान जुनन स्पोर्टिबाट नै लिन मिल्ने गरिका स्टोरहरु खोल्ने लक्ष्य राख्नु भएको छ ।

 

अहिले तिनवटा पसलहरु आफ्नै नेतृत्वमा सञ्चालन गरिरहनु भएको छ । २५ लाख रुपैँयामा खरिद गरेर आफ्नै पहिचान बनाएर अहिले सञ्चालन गरेको जुनुन स्पोर्टि अहिले दमकमा नयाँ ब्रण्डको रुपमा विकास हुन थालेको छ । खेलकुदका सामान तथा अन्य सामाग्रीको आवश्यकता पर्यो भने कहाँ जाने भन्दा जुनुन जाउँ न भन्ने गरिको वातावरण बनीरहेको छ । यसलाई देशभर फैलाउन उहाँले एउटा आफुजस्तै उर्जावान व्यक्तिहरु खोजीरहनु भएको छ । बिभिन्न शहरमा यसखालको व्यापार गर्न चाहने साथीहरुसग सम्पर्क बढाइरहेको र निकट भविष्यमै जुनुन स्पार्टिलाई दमक देखी बाहिरका शहरमा समेत बिस्तार गर्ने गरि तयारीमा रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति