सुन्दरहरैँचामा छोरीले गरे आमाको काजकिरीया

 

 

 

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ४, बासबारीका दिपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) ले आफ्नो दिबंगत आमाको सामुहिक काजकिरियामा बसेका छन ।
हिन्दु धर्म संस्कार अनुसार छोराले मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई टोडदै उनिहरु क्रिया बसेका हुन् । खतिवडा दिदिबहिनी कोभित्र किरिया बसेका छन् । आमालाई दागबत्ती दिने र किरिया बस्ने दिपा र सुनिता अविवाहित हुन् । अर्कि बहिनी सपना भने विवाहित भएकाले सामाजिक रिति अनुसारकै संस्कार मानिरहेकी छिन् ।

५५ बर्षिय आमा मनमाया ढकाल खतिवडाको असामयिक निधन भएपछी दुई दिदिबहिनीले क्रीया बसेको दिपा बताउछिन् । ‘सानो भाइ बोधराजको अल्पआयुमै मृत्यु भएपछी आफुहरु तीन छोरी मात्र रहेको र धर्ममा महिलालाइ क्रीया बस्न हुदैन भनेर रोक नलगाइएकोले मृतक आमालाई दागबत्ती दिइ क्रीया गरेका हौं’ दिपा भन्छिन । दिपा भन्छिन् ‘समाजमा छोरा नहुने परिवारहरुको हकमा दाइभाइ उनिहरुको छोरा र त्यो पनि नभए अन्यले काजक्रीया गर्ने संस्कार छ, तर हामी छोरीलाई त्यो अधिकार छैन त्यस्तो विभेद हामी स्विकार्दैनौ ।’

लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाहरुको रेखदेखका साथै मृत्युपछी गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा आफुहरु क्रीया बसेको अर्कि छोरी सुनिता बताउछिन् । दिदीबहिनीको साहस देख्दा आमाको क्रीया गर्न विवाहित भएकाले नपाएको तर आफ्ना दिदीबहिनीको कदमबाट आफू गौरवान्वित भएको सपना बताउछिन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न