बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

 

 

काठमाडौं सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्का छन्। गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा बसेका हुन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरु सहभागी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

यसअघि हिजो प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेको थियो।गठबन्धनका नेताहरुबीच एमसीसी पास भएपछिको अवस्था, स्थानीय निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई प्रभावकारी बनाउने, विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी विषयमा बैठकमा छलफल हुने बताइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ट्रम्प

काठमाडौं,१२ साउन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् । ह्वाइट

बुधबार रास्वपाको केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं,१२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि कांग्रेसको माग

काठमाडौं,१२ साउन । नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर

धनकुटामा ट्रक दुर्घटनापछि भीषण आगलागीः चालकको मृत्यु, सहचालक घाइते

धनकुटा,१२ साउन । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा सोमबार राति हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटना भई भीषण आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

विराटनगरका विद्यालय र कलेज बन्द

विराटनगर,१२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनावको प्रभाव छिमेकी जिल्ला मोरङको विराटनगरसम्म पुगेको छ। बिग्रँदो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै मंगलबार विराटनगरका

सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा र अनिश्चितकालीन कर्फ्यू

सुनसरी,१२ साउन। देवानगञ्ज गाउँपालिका–३ कसनागञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न क्षेत्रमा निषेधाज्ञा र अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको