आजदेखि मतदाता नामावलीमा दाबीविरोध सुरु

 

 

काठमाडौं– आगामी ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ।

मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका लागि आयोगले समय उपलव्ध गराएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए।

आजदेखि २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने उनले जानकारी दिए।

उनका अनुसार यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइनेछ।

दाबी–विरोधका लागि परेको निवेदनका आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यूयोर्कमा नेपाल–भुटान भेटवार्तातर्फ ध्यान, शरणार्थी र राजनीतिक बन्दीका मुद्दामा संवादको अपेक्षा

तेस्रो मुलुक पुनर्वासपछि पनि समस्या पूर्ण रूपमा अन्त्य भएको छैन। नेपालमा अझै रहेका केही शरणार्थी स्वदेश फर्कन चाहिरहेका छन्

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी