जेनजी आन्दोलनको क्रममा सिन्धुली जिल्लामा तोडफोड गर्ने १५ जना पक्राउ

सिन्धुली,२३ मंसिर । भदौ २४ र २५ गते जेनजी आन्दोलनको नाममा सरकारी कार्यालयहरु, सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ परेको प्रहरीले जनाएको । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरि पक्राउ पूर्जी जारी भएको स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलनको आयोजना गरि १५ जना पक्राउ गरिएको बताएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले अनुसन्धानको पहिलो चरणमा १५ जना पक्राउ गरिएको बताउनु भएको छ । पहिलो चरणमा सिन्धुली जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा आगजनी गर्ने व्यक्तिहरुलाई पहिचान गरि पक्राउ गरिएको उहाँले बताउनु भएको छ ।

पक्राउ पर्नेमा कनपा ६ धुराका २० वर्षिय सुजन शाह, कमलामाई नगरपालिका वडा नं. ८ का ३६ वर्षिय रत्न बहादुर श्रेष्ठ, कमलामाई नगरपालिका वडा नं. ५ का ४७ वर्षिय फौद बहादुर थापा मगर, सर्लाहीका रामनगर गाउँपालिका ६ घर भई सिन्धुलीमा पप्पु किचेन डेकोर भाँडा पसल सञ्चालन गर्ने २५ वर्षिय पप्पु कुमार शाह, कमलामाई नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षिय रवन चौधरी, कमलामाई नगरपालिका १२ का ३१ वर्षिय क्षितिज श्रेष्ठ, भारतको सितामढी घर भई कमलामाई नगरपालिका ६ धुराबजार बस्ने २२ वर्षिय देवनन्दन शाह, कमलामाई नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षिय सविन लामा रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छन । उहाँले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न

सिरहामा झडपः गोली लागेर १८ वर्षीय युवक गम्भीर घाइते

सिरहा,१४ साउन । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते हुनु भएको छ। छातिमा गोली लागेर धनुसाधाम घर भएका अन्दाजी

सांसद पौडेल माथि अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट,१४ साउन । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार