नाममा विवाद

प्रदेश १ नामाकरण : कोसी नाममा आपत्ति ,लिम्बुवान -किरात- -सगरमाथा ” राख्न माग

भद्रपुर/
राष्ट्रिय एकता पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति मार्फत पूर्ब प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले शनिवार झापाको बिर्तामोडमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश नं १को नाम कोशी राख्न दिएको बिचार प्रति ध्यानाकर्षण भएको र सो बिचार संग आफ्नो पार्टीले बिरोध जनाएको उल्लेख छ ।
पार्टीका केन्द्रिय अध्यक्ष प्रेमदीप थाम्सुहाङव्दारा हस्ताक्षरित बिज्ञप्तिमा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अभिव्यक्ति यो क्षेत्रमा भएको पहिचान,स्वायत्तता,स्वशासन र लिम्बुवान,किरात,खम्बुवान आन्दोलनको मर्म र शहिदहरुको त्याग, नेपाल सरकार संग गरिएको ५बुंदे सहमति,सम्झौता र बलिदानको बिरुध्द भएको उल्लेख छ। “लिम्बुवान -किरात- -सगरमाथा ” नाम राख्न पार्टीले सुझाब दिएको छ ।
बिज्ञप्तिमा नेपाल आयल निगमका सबै कर्मचारीहरु माथी छानबीन गर्नुपर्ने मांग राखी अत्याधिक रुपया बृध्दि भएकों पेट्रोलियम पदार्थको मूल्य बृध्दि तत्काल फिर्ता गर्न समेत सुझाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यूयोर्कमा नेपाल–भुटान भेटवार्तातर्फ ध्यान, शरणार्थी र राजनीतिक बन्दीका मुद्दामा संवादको अपेक्षा

तेस्रो मुलुक पुनर्वासपछि पनि समस्या पूर्ण रूपमा अन्त्य भएको छैन। नेपालमा अझै रहेका केही शरणार्थी स्वदेश फर्कन चाहिरहेका छन्

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी