प्रेमिल गजल लेखनमा माहिर दिलिप

अनुशीलन ५७

दमक, १२ पुस / जिन्दगीलाई प्रेमिल बनाउने कोशिष हरकोहीको हुन्छ नै । तर परिस्थिती सबैको बसमा हुँदैन । सृजनामार्फत भएपनि प्रेमिल भाव व्यक्त गरेर मनमा उर्जा भर्ने काम भनें सर्जकहरुले गरिरहेका हुन्छन् । त्यस्तै प्रेमिल गजलमार्फत भावना अभिव्यक्त गर्न माहिर हुनुहुन्छ झापा शिवसताक्षी १ धरमपुरका दिलिप घिमिरे ।

 

सीता घिमिरे र नेत्रप्रसाद घिमिरेका सन्तान दिलिपमा सानै उमेरबाट केही न केही लेख्ने रुचि थियो । त्यसमा धरमपुर निवासी हालका प्रख्यात हास्यव्यग्यकार मनोज गजुरेलको प्रोत्साहनले उहाँलाई सर्जकका रुपमा अघि बढाउने मुख्य काम गर्‍यो । लेख्ने क्रममा उहाँलाई गजल विधाले तान्यो र पूर्वको गजल अभियन्ताका रुपमा सक्रिय बन्दै जानुभयो । उहाँको ०६७ मा गजल संग्रह ‘तिमीलाई सम्झेपछि’ प्रकाशित भयो भनें गजलको एल्बम ‘तिम्रो याद’ र ‘प्यास’ समेत बजारमा आए । उहाँको गजल चलचित्रमा समेत समावेश हुनपुगेर गजललाई अझ फराकिलो बनाउन मद्धत गरेको छ । गीत लेखनमा पनि माहिर उहाँका चलचित्र सहितमा गीत र गजल गरी हालसम्म २१ वटा रेकर्ड भएका छन् ।

 

तात्कालिन पूर्वाञ्चल गजल मञ्चको सदस्यका साथै प्रगतिशील लेखक संघ कोशीको सचिवालय सदस्य, धरमपुरस्थित धर्नासो साहित्य प्रतिष्ठान र हाल नवनासो साहित्य प्रतिष्ठानका अध्यक्ष, साहित्य चौतारी विर्तामोडको सचिव रहेर साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ । ‘स्वीकारोक्ति’ अवधारणामा पनि नेपाल सदस्य भएर जोडिनु भएको छ ।

 

उहाँले आफूलाई सञ्चारकर्मीका रुपमा समेत उभ्याउनु भएको छ । विर्तामोडको सूर्योदय टिभीमा विगत ७ वर्षदेखि सृजनाको कार्यक्रम सुसेली प्रस्तुत गर्दै आउनु भएको छ । नेपाली साहित्य डट कममा सम्पादकको भूमिका निर्वाह गर्नुभएको छ । पत्रकार मञ्च दमकको सदस्य समेत हुनुहुन्छ ।
उहाँले साहित्य चौतारी प्रतिभा पुरस्कार –२०६१, असम लेखिका समाज गुवाहाटी, साहित्याकाश सम्मान, मनाहाङ् स्मृति पत्रकारिता पुरस्कार–२०८१ सहित दर्जनौं सम्मान र पुरस्कार प्राप्त गरी आफूलाई सधैं प्रेमिल र उर्जाशील बनाइरहनु भएको छ । उहाँसँग उज्यालो खबरको अनुशीलन कार्यक्रममा गरिएको कुराकानीको भिडिओ हेर्नुहोला :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक

निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ स् प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं ,२७ असोज। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

बाढीपीडितका लागि ५८ लाखभन्दा बढी राहत हस्तान्तरण

काठमाडौं ,२७ असोज। थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुग्नु भएको छ । उहाँहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा

कर्णालीका अस्पताहरुमा विशेषज्ञ चिकित्सकको अभाव,गरिब जनता उपचारका लागि भने महँगो खर्च सांसद खड्को प्रश्न?

काठमान्डौ,२७ असोज ।कांग्रेस सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली प्रदेशका अस्पतालहरूमा मुटुरोग, पिसाब