काठमाडौं,१५ पुस । कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको बताँउनु भएको छ।
ऊर्जामन्त्रीसमेत रहनु भएको छ। घिसिङले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ। उहाँले भन्नु भएको छ, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।’
यो एकीकरणले देशलाई निकास दिने उहाँको विश्वास छ। उज्यालो अभियानलाई अझ सशक्त बनाउन जस्तै निरन्तर साथ र सहयोग रहने विश्वास उहाँले व्यक्त गर्नु भयो ।
उहाँले थप लेख्नु भएको छ, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’
सोमबार साझ रास्वपा सभापति रवि लामिछाने र कुलमानले पार्टी एकीकरणको सहमति गर्नु भएको छ । यो सहमतिको साक्षी बालेन्द्र साह बन्नु भएको छ।









