अत्याधीक चीसो

चीसो बढेपछि दमकका विप्पन्न बस्तिमा सास्ती

दमक, १५ पुष । चीसो अत्यन्तै बढेको छ । बिहानै देखी तप तप चुहिने सीतलहर चलीरहेको छ । यसले झापाको दमक सहित तराईका अधिकांश क्षेत्रका नागरीकको दैनीकीमा प्रभाव पारीरहेको छ । यसका कारण विप्पन्न बस्तिमा भने अझ मुस्किल र समस्याको चाङ थुपरीएको छ ।

दमक ५ स्थित एउटा सुकुम्बासीको दृष्य हो यो । यहाँ दैनिक मजदुरी गर्नेहरु बस्छन । तर कतिपय परिवार त त्यही मजदुरी गर्न सक्ने अवस्थाको पनि छैन । उहाँको नाम हो मनमाया राई । उहाँ र उहाँका श्रीमान यस घरमा बस्नु हुन्छ । घर जस्ता र बाँसको भाटाले टालटुल पारेर बनाइएको छ । भाटाहरु मज्जाले टालीएका छैनन । घरभीत्रबाट बाहिर हेर्न कुनै झ्याल चाहिदैन । त्यही भाटाबा प्वाल र भ्वाङबाट हेरे पुरै आकास देखिन्छ । अनी यस्तो घरमा त्यो पनि यो पुुसको ठण्डीमा रात काट्न कति कष्टकर होला कल्पना गर्नुहोस त । अझ न तातो ओछ्याउने डसना छ । न पर्याप्त ओड्ने सिरक वा व्लाक्ंकेट । अनी आङ न्यानो पार्ने कपडा नै । पुराना थोत्रो । च्यातीएका र टालीएका कपडा लगाएर यो दम्पत्तीले यो वर्षको हिउँद कटाउन बाध्य छ । अनी यती मात्रै यो बुढो शरिर । तातो र झोलीलो खाना खानु पर्ने हो ।तर विडण्मन घरमा उमालेर खाने दाल समेत छैन । अनी बाँच्नैकालागी यो बुढो घाँटीबाट जवरजस्ती बुकुल्टो भात खान बाध्य छ । यो घरमा काम गर्न सक्ने कोहि छैनन । सकेको बोहोनी बुतो गर्ने र ल्याएर दुई छाक भएपनि माण पकाएर गर्जो टारीरहेका छन् ।

यती मात्रै नभएर राईकै घर छेउमा छ बिमाया दर्जीको घर । यो घरमा चाहि बालखा नानीहरु छन् । डेढ वर्ष देखी ५ वर्ष सम्मका तीन जना । बिमाया हजुरआमा । अनी बुहारीपनि रोगी । छोरो वेपत्ता भएको महिनौ भयो । अत्तोपत्तो छैन । यो दर्जीको परिवार पनि निकै कस्टकर अवस्थामा गुज्रीरहेको छ । कसैले दिएको । कहिबाट पाएको कपडा लगाएर जाडो कटाइरहेको छ । रातमा न्यानो भएर सुत्नका ओड्न र ओछ्याउने सिरक डसना छैन । चिसो भुईमा पतलो ब्लाङकेट ओडेर रात कटाउन बाध्य छन् । यस्तो अवस्थामा समेत छोरोको अत्तोपत्तो नहुँदा अव कसरी यो चिसो छिचोल्ने भन्ने चीन्तामा बिमाया दर्जीको परिवार रहेको छ ।

दमक भन्ने बित्तिकै सबैको मनपसटलमा ठुला घर र व्यापारीहरु बस्ने शहर बन्ने आउन सक्छ । तर यसरी आफ्नो दैनिकनै टार्न र जाडो छल्न पनि धौ धौ पर्ने परिवार र समुदाय असंख्य छ । तर उनीहरु सँधै नेताको भोट बैंक मात्रै बन्दै आएका छन् । अवस्था ज्यूका त्यू रहेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका