व्यवसायीको भावना बुझ्ने भगवान बस्नेत

दमक, १६ पुस । दमकको व्यापारिक इतिहास हेर्ने हो भने, यहाँ केवल पसल र कम्पनी मात्र छैनन्। यहाँ त्यस्ता हातहरू छन्, जसले सपनालाई आकार दिएका छन्। चुनौती देखेर पछाडि नहट्ने, जिम्मेवारी देखेर अगाडि उभिने नेतृत्व यतै जन्मिएको छ।त्यही नेतृत्वको नाम हो,भगवान बस्नेत।

२०३१ बैशाख २१ गते । तेह्रथुमको जलजलेमा जन्मिनुभएका भगवान बस्नेत २०३५ सालमा परिवारका साथमा दमक झर्नुभयो ।जीवनको यात्रा सहज थिएन। २०४४ सालतिर दमक बसपार्कबाट सुरु भएको सानो किराना व्यवसायले नै उहालाई सिकायो मेहनत, धैर्य र इमानको अर्थ।समयसँगै उहा केवल आफूका लागि मात्र होइन, अरूका लागि पनि बाटो बनाउन थाल्नुभयो । आज उहाँ झापाली इटा उद्योग, विलकन इन्डस्ट्री र ओम निर्माण सेवा सञ्चालन गर्दै कम्तिमा १५० जनालाई प्रत्यक्ष रोजगारी दिईरहनु भएको छ ।
रोजगारी सिर्जना, त्याग, र जिम्मेवारी यी उहाका वास्तविक परिचय बनेका छन । वर्ष २०१४ मा दमक जेसिजको अध्यक्ष हुँदा उहाले युवालाई उद्यमतर्फ उन्मुख बनाउने कामलाई प्राथमिकता दिनुभयो । प्रशिक्षण, मोटिभेसन, अवसर र पहुँचका कार्यक्रम गरेर युवाले नेतृत्व गर्न सक्छन् भन्ने कुरामा उहाले धेरैलाई विश्वास दिलाउनुभयो । लायन्स क्लब अफ दमक माउन्ट एभरेस्टको अध्यक्ष बनेर असहाय, विपन्न र पीडितको अबस्थामा साथ दिने नेतृत्व पनि देखाउनुभयो । भगवान बस्नेतले मानवीय सेवा केवल भाषण होइन, व्यवहारबाट सिद्ध गरिरहनु भएको छ । त्यसपछि इटा व्यवसायी संघ, कोशी प्रदेशको अध्यक्ष बनेर उहाले उद्योगहरुलाई आधुनिक बनाउने, वातावरणमैत्री प्रविधि ल्याउने र नीति सुधारका लागि पहल गर्दै आउनु भयो । जसकाकारण अहिले उद्योग, वातावरण र समुदाय बीच सन्तुलन मिलेको छ ।

आज दमक उद्योग वाणिज्य संघ महत्त्वपूर्ण मोडमा छ। संघलाई योजना चाहिएको छ । अनुभव चाहिएको छ । र, परिणाम ल्याउन जान्ने नेतृत्व चाहिएको छ । ये सबै कुरा भगवान बस्नेतमा देख्न सकिन्छ । उहासग उद्यमको धरातलीय अनुभव, सामाजिक सेवाबाट आएको संवेदनशीलता, र संस्थालाई रूपान्तरण गर्ने स्पस्ट दृष्टि छ। व्यवसायीको हक अधिकार, सुरक्षित लगानी, उद्योगमैत्री नीति, रोजगारी विस्तार, र सहकार्यको संस्कृति उहाले सिक्नु भएको छ । त्यसैले, आसन्न पुस १८ को निर्वाचनमा दमक उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षका रूपमा
उहाको नेतृत्वलाई धेरै व्यवसायीले “सबैभन्दा स्पष्ट, सबैभन्दा भरोसायोग्य” र विकल्पविहीन नेतृत्वको रूपमा हेरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा