नेतृत्वमा चिराग बाल्ने लक्ष्यमा चिरन

दमक,१७ पुस ।दमक केवल एउटा शहर होइन। यो संघर्षको नाम हो, सम्भावनाको थलो हो, र पुस्तौँदेखि सपनाहरू रोपिँदै आएको माटो हो। यही माटोमा जन्मिएका हुन् चिरन न्यौपाने। दमकको इतिहास पल्टाउँदा उहाँको परिवारको नाम स्वतः आउँछ। दमक नगर पञ्चायतको समयमै विकास र समृद्धिको रुपरेखा कोर्नेहरूमा हजुरबुबा कृष्णलाल न्यौपानेको योगदान दमकले कहिल्यै बिर्सन सक्दैन। त्यही संस्कार, त्यही जिम्मेवारी, र त्यही शहरप्रतिको माया बोकेर २०३८ सालमा शंखधर चोकको मुटुमा जन्मिए चिरन न्यौपाने। उहाँका लागि व्यवसाय केवल नाफा होइन,यो जिम्मेवारी हो। यो निरन्तर परिवर्तनसँग जुध्ने साहस हो।

२०६० साल। स्पिडी नेट जोनबाट सुरु भएको यात्रा सजिलो थिएन। प्रविधि बदलियो, बजार बदलियो,ग्राहकको सोच बदलियो। तर चिरन बदलिएनन् भने त्यो थियो हार नमान्ने बानी। २०६९ सालमा रेडिमेड कपडाको व्यापार, अनि फेरि नयाँ चुनौती। कतिपय साथीहरू थाकेर पलायन भए, कतिपय सपनालाई बीचमै छोडे। तर चिरन चुनौतीबाट भागेनन्। उनी पहाड चिरे, र त्यही चिराबाट नयाँ सम्भावना खोजिरहे। यही यात्राले उहाँलाई अझ परिपक्क बनायो। अझ जिम्मेवार बनायो। २०७१ सालमाशैक्षिक परामर्श क्षेत्रमा प्रवेश गर्नुभयो । यो साधारण व्यापारको लागि होइन, युवाको भविष्य उज्यालो पार्ने सपना लिएर।

आज चिरन चिराग एजुकेशन कन्सलटेन्सी केवल एउटा संस्था होइन, यो हजारौँ युवाको विश्वास हो। विदेश पढ्ने सपना देख्ने आँखाहरूको आशा हो। दमकमा खुलेका शैक्षिक परामर्श केन्द्रहरूको अग्रणी नेतृत्वका रूपमा उहाँ उभिनु भएको छ।समस्या पर्दा पछाडि लुक्ने होइन, अगाडि सर्ने स्वभाव उहाँको परिचय हो। न्भल–श् आन्दोलनपछि जलेको प्रहरी कार्यालयको समीक्षालय निर्माणमा उहाँले देखाएको नेतृत्व व्यवसायीको दायित्व कस्तो हुनुपर्छ भन्ने उज्यालो उदाहरण हो। त्यहाँ चिराग बालियो। एकताको, विश्वासको, र सामाजिक उत्तरदायित्वको।

 

आज, यही जिम्मेवार युवा यही पुष १८ गते दमक उद्योग वाणिज्य संघको निर्वाचनमा कार्यसमिति सदस्य पदका लागि उम्मेदवार बनेका छन् उहाँ अब केवल सफल व्यवसायी बन्न चाहनु हुन्न। उहाँ चाहनुहुन्छ दमकका सबै व्यवसायीका सारथी बन्न। सम्भावना बाँड्न, अनुभव बाँड्न,र दमकलाई अझ बलियो आर्थिक केन्द्र बनाउन। चिरन न्यौपाने नाम मात्रै होइन। यो निरन्तर संघर्षको कथा हो। नेतृत्वमा चिराग बाल्ने संकल्प हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा