‘धरान डे’ पुस २० गते मनाइने

सुनसरी,१७ पुस । धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ । त्यस अवसरमा धरान उपमहानगरपालिकाले धरानमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको हो ।

उपमहानगरपालिकामा बुधबार बसेको बैठकले स्थापना दिवसलाई यस वर्ष सीमित कार्यक्रमका साथ एक दिन मात्र मनाउने निर्णय गरेको छ। यसअघि ‘धरान डे’ पाँच दिनसम्म मनाइँदै आएको थियो ।

नगरप्रमुख हर्कराज राई (साम्पाङ) का अनुसार २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुनाका साथै गृह मन्त्रालयबाट पुस २१ गतेदेखि भेला तथा कार्यक्रम नगर्न निर्देशन प्राप्त भएपछि कार्यक्रम एकदिन मात्रै मनाउने निर्णय गरिएको छ। त्यस अवसरमा आयोजना हुने कार्यक्रममा करदातालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको उपमहानगरपालिका बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका