जङ्गली हात्तीले एकै दिन झापाका तीन ठाउँमा क्षति गर्‍याे

दमक, १७ पुस   । झापाका विभिन्न स्थानमा जंगली हात्ती प्रवेश गरी घर तथा अन्नमा ठूलो क्षति पु¥याएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति करिब १ बजे कमल गाउँपालिका वडा नम्बर ३ बगाने टोलमा तीन वटा जंगली हात्तीको हुल प्रवेश गरेको थियो।
हात्तीको हुलले ५२ वर्षीय गणेश बस्नेतको बाँसको टाटी बेराले बनेको टिनको छानो भएको भुइँ घरमा आंशिक क्षति पुर्‍याउनुका साथै बाँसको टाटी बेरा र फुसको छानो भएको भान्सा घर पूर्ण रूपमा क्षति पुर्‍याएकाे छ।

त्यसक्रममा घरभित्र रहेको चार मन धान, चार मन मकैको पिठो, लत्ताकपडा, भाँडाकुँडा तथा खाटसमेत गरी करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यसैगरी सोही राति करिब २ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ डाँफे चोकमा जंगली हात्ती प्रवेश गरी ऋषि भट्टराईको इँटा र टिनको छानो भएको एकतले पक्की घरको पूर्वतर्फको किचनको इँटाको पर्खाल भत्काएको छ।
यसबाट करिब २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै राति करिब ४ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ८ किशनभिट्टामा एक जंगली हात्तीले टंक बरायलीको टाटी बेरा र टिनको छानो भएको एकतले कच्ची घरको टाटी भत्काएको छ। हात्तीले भण्डार कोठाभित्र रहेको ८ सय किलो धान र १ सय किलो चामल खाई करिब ४५ हजार रुपैयाँ बराबरको अन्न नष्ट गरी जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा