जेनजी आन्दोलनपछि नेकपा एमाले ठिंग उभिन सफल: मुख्यमन्त्री कार्की

विराटनगर,१७ पुस । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि नेकपा एमाले ठिंग उभिन सफल भएको बताउनुभएको छ । उहाँले केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको र कतिपय दल हावामा नै दौडिरहेको टिप्पणी गर्नुभयो ।
प्रेस चौतारी नेपाल, मोरङ कार्यसमितिले आयोजना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण तथा नेकपा एमालेको ११ औं महाधिवेशनमा मोरङबाट केन्द्रिय सदस्य एवम् आयोग सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नेकपा एमाले भने धुलो टकटक्याएर उठ्न सफल भएको उल्लेख गर्दै उभिनु नै अहिलेको अवस्थामा ठूलो सफलता भएको धारणा व्यक्त गर्नुभयो ।
वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको कार्कीले बताउनुभयो । उहाँले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, यो निर्वाचनले पनि समाधान गर्छ भन्ने छैन। संसद पुनस्र्थापना गरेर अहिले उठेका मागलाई सम्बोधन गरेर अगाडि बढियो भने मात्रै समस्याको समाधान हुन्छ।, नेकपा एमाले संसद पुनस्र्थापनाको पक्षमा रहेको उहाँले दहो¥याउनुभयो।

प्रेस चौतारी मोरङले हरेक बर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ उदयपुरकी पत्रकार रेणु पराजुलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजार सहित प्रमाणपत्र प्रदान गर्नुभएको हो । त्यसैगरी चौतारी मोरङले नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा