दमकमा मनाइयो टोपी दिवस, यसरी रह्यो नेपाली टोपीको नाम ‘ढाका टोपी’

दमक, १७ पुष । झापाको दमकमा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाइएको छ । जीवनचक्र समाज दमकले आयोजना गरेको कार्यक्रममा टोपीको महत्व दर्साउदै दिवस मनाइएको हो । सो अवसरमा नेपालको सस्कार र सस्कृतीका अध्यता समेत रहनु भएका डा. लेखनाथ न्यौपानेले नेपालमा टोपी लगाइलेनै को मान्छे कहाँको हो ? विवाहित हो कि हैन भन्ने सम्म छुट्याउन सकिने जानकारी गराउनु भएको थियो ।

 

बंगलादेशको ढाकाबाट कच्चा पदार्थ ल्याएर नेपालको पाल्पामा टोपी बुन्न थालेपछि यसको नाम ढाका टोपी भन्ने नाम रहेको इतिहास रहेको पनि उहाँले सो अवसरमा सुनाउनु भयो ।

कार्यक्रममा पत्रकार उत्तम रीजाललाई खादा , सम्मानपत्र सहित सम्मान समेत गरीएको थियो । नियमीत दौरा सुरुवाल र ढाको टोपी लगाएर सार्वजनीक कार्यक्रममा जाने र नेपालको पोषाकको प्रर्वधनमा विषेश योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरीएको सस्थाका सचीव गणेश प्रधानले जानकारी दिनुभयो । कार्यक्रममा दमकका बिभिन्न सामाजीक संघ सस्थाका प्रतिनीधि तथा अन्य सरोकावालाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश