आगामी निर्वाचनका लागि झापामा कति सुरक्षाकर्मी परिचालन गरिने ?

झापा, पुष २० । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि झापामा ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जनपद , सशस्त्र प्रहरी र उनीहरुका निर्वाचन प्रहरी ( म्यादी प्रहरी) गरी त्यति धेरै सुरक्षाकर्मी परिचालन गरिने भएको छ। नेपाली सेनाको तथ्यांक यसमा समावेश भएको छैन ।

झापामा करिव २२ सय जनपद प्रहरी र जनपद प्रहरीका ४ हजारभन्दा बढी निर्वाचन प्रहरी खटाइने एक प्रहरी अधिकृतले बताउनु भयो । उहाँले जनपद प्रहरीले ४ हजारभन्दा बढी निर्वाचन प्रहरीको भर्ना खोल्न लागेको जानकारी दिनु भयो । जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा पाँचजनाको दरले निर्वाचन प्रहरी खटाउनु पर्ने भएकाले कम्तीमा ४ हजार ३५ निर्वाचन प्रहरी र करिव २२ सय जनपद प्रहरी परिचालन गरिने उहाँले जानकारी दिनु भयो ।

त्यस्तै सशस्त्र प्रहरीतर्फ करिव १६ सय जनशक्ति खटिने भएका छन् । सशस्त्र प्रहरीले पनि यस पटक निर्वाचन प्रहरी ( म्यादी प्रहरी ) को भर्ना लिने भएको छ । झापामा सशस्त्र प्रहरीले ४८९ जना निर्वाचन प्रहरीको भर्ना खोल्न लागेको बताएको छ । गत निर्वाचनको तुलनामा मतदाता र मतदान केन्द्र बृद्धि भएकाले सुरक्षाकर्मी पनि बढाइने ती प्रहरी अधिकृतले जानकारी दिनु भयो ।

झापामा ५० हजारभन्दा बढी मतदाता बृद्धि हुँदा ४९ वटा मतदान केन्द्र थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र संख्या विवरण अनुसार २०७९ सालको निर्वाचनको तुलनामा झापामा पुरुष २७ हजार ३०२ र महिला २२ हजार ९२४ गरी ५० हजार २२६ जना मतदाता बढेका छन् ।

२०७९ को निर्वाचनमा झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार ३११ रहेको थियो । यो निर्वाचनमा बढेर ७ लाख १३ हजार ५३७ पुगेको छ। त्यस्तै गत निर्वाचनमा ७६६ वटा मतदान केन्द्र रहेकोमा यसपटक ४९ वटा बढेर ८१५ वटा पुगेको छ । मतदान स्थल भने बढाइएको छैन । झापामा २८५ वटा मतदान स्थल रहेका छन् ।

झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ र सबैभन्दा कम क्षेत्र नं ४ मा रहेका छन् । क्षेत्र नं ५ मा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । त्यसपछि क्षेत्र नं २ मा ७३ हजार ९५० पुरुष र ७३ हजार ५६७ महिला गरी १ लाख ४७ हजार ५२२ जना मतदाता रहेका छन् ।

त्यस्तै क्षेत्र नं ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिला गरी १ लाख ४० हजार ८५७ जना मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी १ लाख ३१ हजार ६७ जना मतदाता रहेका छन् भने सबैभन्दा कम क्षेत्र नं ४ मा ६६ हजार २८३ पुरुष र ६४ हजार ४२८ महिला गरी १ लाख ३० हजार ७१२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । जिल्लाका ८१५ मतदान केन्द्रलाई सामान्य , संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइने भएको हो ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अयोध्या–जनकपुर रेलको सफल ट्र्याक परीक्षण

जनकपुर,१९ कार्तीक । भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका

धनकुटाको लेगुवा बजारबाट ४७ हजारका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

धनकुटा,१९ कार्तीक । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारबाट करिब ४७ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ।सरोकारवाला निकायको संयुक्त टोलीले

नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेस गरिने

काठमाडौं,१९ कार्तीक । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन(२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ

जनकपुरलाई लुम्बिनीको १५० रनको लक्ष्य

काठमाडौं ,१९ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगतको आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । त्रिवि

डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको माग

काठमाडौँ ,१९ कार्तीक। नेपाल चिकित्सक संघले आमरण अनशनमा रहनु भएको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले

बिरालोको टोकाइबाट रेबिज : खोटाङकी कृष्ण मायाको मृत्यु

कात्तिक ,१९ कार्तीक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ कात्तिक । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान