अनुसन्धान जारी

जेनजी आन्दोलनमा बिर्तामोडमा चोरिएको मोटरसाइकल सहित एक जना पक्राउ

झापा,२१ पुष । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । बिर्तामोड वडा न.१ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका वडा न.७ घर भएका ३९ वर्षीय बिरबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो डेरामा भदौ २४गते जेनजी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको परिसरबाट हराएको मोटरसाइकल लुकाएर राखेको पाइएको छ ।

हिजो बिहान इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्दा दमाईले लुकाईछिपाई राखेको अवस्थामा मे७प.( नम्बर नखुलेको ) सुपर स्प्लेन्डर मोटरसाइकल फेला परेको हो। सो मोटरसाइकल सर्वसाधारणको भएको बताइएको छ । जुन पक्राउ गरी ट्राफिक प्रहरी कार्यालयमा राखिएको थियो ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यसक्रममा ट्राफिक भवनमा आगजनी गर्नुका साथै सवारीसाधनमा समेत आगो लगाएका थिए । आगजनीबाट दुईवटा गाडी क्षतिग्रस्त भएका छ। त्यस्तै सेतो नम्बर प्लेट भएका कार्यालयको ४ वटा , त्यहाँका कर्मचारीहरुको ८ वटा र सर्वसाधारणको मोटरसाइकलसमेत हराएको थियो ।

आगजनीबाट ध्वस्त भएको अवस्थामा तीन वटा सेतो प्लेटका मोटरसाइकल फेला परेका थिए भने ४ वटा निजी मोटरसाइकलमध्ये केही डढेको भेटिएको प्रहरीले जनाएको छ । बाँकी मोटरसाइकल आन्दोलनकारीहरुले लिएर गएका थिए । ट्राफिक कार्यालयबाट हराएकामध्ये योसहित तीनवटा मोटरसाइकल फेला परेको छ भने ६ वटा मोटरसाइकल अझै गायव नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हर्क साम्पाङ जानकी मन्दिर आउने भएपछि जनकपुरमा विरोध प्रदर्शन

जनकपुर,५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा