अन्तर्राष्ट्रिय नारी दिवस : भद्रपुरमा वृद्ध आमा तथा असल बुहारीलाई सम्मान

 

  

 

 

 

भद्रपुर  ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले सम्मान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा वृद्ध आमा तथा असल बुहारी सम्मान गरिएको हो ।

 

कार्यक्रममा वृद्ध आमाका रूपमा भद्रपुर १० की ७७ वर्षीया पुण्यकुमारी मैनाली र असल बुहारीका रूपमा भद्रपुर ७ की कल्पना ढकाल चापागाईँलाई सम्मान गरिएको हो ।

 

सचिव देवीमाया अधिकारीको सञ्चालन र उपाध्यक्ष नयाँ नाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी र नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राज भण्डारीले शुभकामना मन्तव्य राख्दै नारीको सम्मानमा सबै जुट्नु पर्ने धारणा राखेका थिए ।

 

सोही अवसर पारेर समाजका संरक्षक सदस्य होमनाथ घिमिरेले संस्थाको दिगो आर्थिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले एक लाख ११ हजार एक सय ११ रुपैयाँ अक्षयकोष निर्माणका लागि आर्थिक सहयोग गरेका थिए भने शिवकुमार राज भण्डारीले पाँच हजार ५ सय ५५ र गणेश पौडेलले पाँच हजार एक सय  अक्षय कोष निर्माणका लागि सहयोग प्रदान गरेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ

मुलुक चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं ,१६ जेठ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ । नेपाल जग्गा तथा आवास

बजेटमा पर्यटन स् ‘विवाह गन्तव्य’देखि ‘डाँफे रुट’ निर्माणसम्मको योजना

काठमाडौं,१६ जेठ । सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकासका लागि देशका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा हिमाली क्षेत्रलाई