जिरिखिम्तीमा पुल अबरुद्ध, जाँते र लेटाङबाट घुम्नुपर्ने वाद्यता

पथरी, २१ पुस ।  पूर्वपश्चिम मुख्य सडक विस्तारका क्रममा मोरङको पथरी शनिश्चरे १० स्थित जिरिखिम्तीको मोरङी खोलाको पुल भत्किएर सडक अवरुद्ध बनेको छ । सडक विस्तारका क्रममा दक्षिणतर्फ थप पुल निर्माणका लागि खन्ने क्रममा अग्लो डिस्कोका रुपमा रहेको पुलसँग जोडिएको माटो भत्किएपछि आइतबार साँझबाट सो क्षेत्रमा आवत जावत अवरुद्ध बनेको हो । यस क्रममा सोमबार पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो र १० नम्बर वडाअध्यक्ष जीवन खतिवडाले सडक निर्माण पक्षसँग भेटी चाँडो भन्दा चाँडो सोही खोलाबाट डाइभर्सन तयार गर्न अनुरोध गर्नुभएको छ ।

सो टोलीले त्यसभन्दा पूर्वमा रहेको डाँस खोला पुलैसम्म उत्तरतर्फ गहिरो रुपमा खनिएको क्षेत्रको पनि निरीक्षण गरेको छ । खोला गहिरो पारेर खन्दा पुल र बस्तीलाई असर पर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी त्यसको पनि व्यवस्थापनमा ध्यान दिन जानकारी गराएको छ ।
सो क्षेत्रमा सडक जोखिम परेपछि पश्चिम जाने यातायातका साधनहरु पथरी चोकबाट जाँते हुँदै लेटाङबाट कानेपोखरी झर्ने गरेका छन् । पूर्व आउनेहरु कानेपोखरीबाट लेटाङहुँदै जाँतेबाट घुमेर २४ किलोमिटर बढी घुमाउरो बाटो यात्रा गर्नु पर्ने वाद्यता रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानी विधेयकले पायो गति

काठमाठौं ,११ साउन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने

बोलबम यात्राका क्रममा दुई पक्षीय झडप : सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज (नयाँ हटिया) क्षेत्रमा दुई समुदायबीच हिंसात्मक झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको

प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न सरकार विभागको चेतावनी

काठमाडौं,११ साउन । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले

नेपालको पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्गले नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

काठमाडौं,११ साउन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन समारोहमा बोल्दै उक्त सुरुङ नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

काठमाडौं,११ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने शिक्षामन्त्रीको प्रतिबद्धता

जनकपुर,११ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिनु भएको छ । सोमबार