कात्तिकमा ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङ,१ मंसिर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा भक्तजनहरुले दर्शन गर्नु भएको छ । एक महिनाको अवधिमा ६४ हजार १०६ जना भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाका अनुसार गत शनिबार यस वर्षकै सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले एकै दिन मन्दिरको दर्शन गरेका थिए । यसअघि कात्तिक तेस्रो साता मंगलबार १० हजार ६१६ जना भक्तजन पाथीभरा पुगेका थिए । समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम रहेको छ ।

 

निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरू पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत भक्तजनहरू पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनु भयो ।पाथीभरा पुग्नका लागी यातायातका साधनमार्फत काफ्ले पाटी सम्म सहजरुपमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट पाँच किलो मिटर पदमार्ग प्रयोग गरेका धाम सम्म पुग्न सकिन्छ । पाँच किलो मिटर उकालो बाटो भएकाले हिँड्न नसक्नेहरूको लागी तीर्थयात्री सहयोगीहरूको समेत व्यवस्था छ । सहयोगीहरूले काफ्लेपाटी देखि धाम सम्म धाम देखि काफ्ले पाटी सम्म बोगेर पुर्‍याउने गर्दछन् । प्रति किलो २०० रुपैयाँ सेवा गरेवापतको शुल्क लिने गर्दछन् ।

 

समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ । दसैँ तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश

कात्तिकमा ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङ,१ मंसिर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा भक्तजनहरुले दर्शन गर्नु भएको छ । एक महिनाको अवधिमा ६४ हजार १०६